भुक्तानी सेवा प्रदायक कम्पनीलाई राष्ट्र बैंकबाट आयो यस्तो निर्देशन

Aug 31, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीलाई बार्षिक वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै अब भुक्तानी सम्बन्धि काम गर्न अनुमति लिएका इपेमेन्ट, वालेटलगायतका संस्थाहरुले अनिवार्य रुपमा बार्षिक वित्तीय विवरण प्रकाशित गर्नु पर्ने भएको छ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी वित्तीय विवरण बुझाउन अनिवार्य गरेको हो ।

नेपाल राष्ट्र बैंकले असार मसान्तलाई आधार मानेर बार्षिक विवरण प्रकाशित गनुपर्ने व्यवस्था गरेको हो । यस्ता संस्थाहरुले सञ्चालक समितिबाट बार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरी त्यसको जानकारी राष्ट्र बैंकलाई दिनु पर्नेछ ।

संस्था स्थापना भएको पहिलो बर्ष स्थापना मितिदेखि असार मसान्तसम्को अवधिलाई आर्थिक बर्षको रुपमा लिनु पर्छ। आर्थिक वर्ष सकिएको ४ महिनाभित्र लेखापरीक्षण गरी केन्द्रीय बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको केन्द्रीय बैकले जनाएको छ ।

राष्ट्र बैंकबाट भुत्तानी प्रणाली सञ्चालन गर्न प्रभु टेक्नोलोजिज प्राइभेट लिमिटेड, नेपाल क्लियरिङ हाउस लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले अनुमति पाएका छन् । यस्तै भुत्तानी सेवा प्रदायकको रुपमा आईएमई डिजिटल सोलुसन्स लिमिटेड, ईसेवा फोन पे प्राइभेट लिमिटेड रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।