देवमा विलिन हुन लागेको सहाराको खुद नाफामा गिरावट

Aug 31, 2018 Merolagani

देवः विकास बैंकमा मिसिने प्रक्रियामा रहेको सहारा विकास बैंक (SHBL) ले आर्थिक बर्ष २०७४/७५ मा एक करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्षको यसै अवधिमा बैंकको खुद नाफा एक करोड ४२ लाख रुपैयाँ थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष बैंकको खुद नाफामा १३.३४ प्रतिशतले ह्रास आएको हो ।

सात करोड २९ लाख ९४ हजाररुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । असार मसान्त सम्म बैंकले ४८ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ३६ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

त्यसैगरी ६ करोड ६८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ३ करोड १७ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी ३ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो बर्ष बैंकले तीन करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा निष्कृय कर्जा अअनुपात ०.७९ प्रतिशत रहेको छ । बार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ८८ पैसा र मुल्यआम्दानी अनुपात २७.१२ गुणा बढी रहेको छ ।

सहाराले गत जेठ ६ देखि असार २४ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा करिब ४३ प्रतिशत मात्र सेयर बिक्री भएको छ भने ५७ प्रतिशत हकप्रद अवितरित भएको छ । बिक्री नभएको सेयर बैंकले लिलामी मार्फत बिक्री गर्नेछ ।

हकप्रद सेयर बिक्रीपछि सहाराको चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।