नेपाल कम्युनिटीको जेठ १८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले ८.६१ प्रतिशत तथा हाम्रो विकास बैंकको बैशाख ३१ गते सम्पन्न नवौं बार्षिक साधारण सभाले ७.३० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेका थिए ।
बुकक्लोजभन्दा पछाडि सेयर डिम्याट गराएका सेयरधनीको हकमा पनि क्रमश: उनीहरुकै डिम्याट खातामा बोनस पठाइने व्यवस्था गरिएको जनाइएको छ ।
नेपाल कम्युनिटीले साधारण सभाका लागि बुकक्लोज गरेको मिति गत बैशाख २७ गतेसम्म सेयर डिम्याट गराएका बैंकको सेयरधनीलाई आठौं बार्षिक साधारण सभाबाट पारित भएको ८.६१ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको हो ।
त्यसैगरि हाम्रो विकास बैंक (HAMRO) ले पनि साधारण सभाका लागि बुकक्लोज गरेको मिति गत वैशाख १९ गतेसम्म सेयर डिम्याट गराएका बैंकको सेयरधनीलाई नवौं बार्षिक साधारण सभाबाट पारित भएको ७.३० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको हो ।
दुबै बैंकले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई बोनस पाउनका लागि पहिला आफूसँग भएको भौतिक (कागजी) प्रमाणपत्र डिम्याट गराउन भनेका छन् ।
नेपाल कम्युनिटीको र हाम्रो विकास बैंक दुबैको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ । सेयरधनीहरुले सम्बन्धित सेयर रजिष्ट्रार वा आफुलाई पायक पर्ने कुनैपनि निक्षेप सदस्य मार्फत सेयर डिम्याट गर्न सक्नेछन् ।