शेयर बजारमा सुधारको संकेत, नेप्से तथा कारोबार दुवैमा बढोत्तरी

Sep 02, 2018 Merolagani

पूँजीगत लाभकरको अन्योलता केहि दिनभित्र अन्त्य गर्ने सरकारको आश्वासन पछि गत साताको अन्तिम दिन बढेको शेयर बजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार आएकाले शेयरबजारले सुधारको संकेत दिएको छ ।

गत बुधबार लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर हकप्रद र बोनस शेयरमा लाग्ने पूँजीगत लाभकरको बिषयमा देखिएको अन्योलता अन्त्य गर्न माग गरेका थिए ।

अर्थमन्त्री खतिवडाले केहि दिनमै लगानीकर्तालाई मर्का नपर्नेगरी यो बिषयलाई टुङ्याइने जानकारी गराएका थिए ।

अर्कातर्फ बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउने दबाब परेको छ । केही बैंकहरुले निक्षेपको ब्याज घटाउन सुरु गरिसकेका छन् । निक्षेपको सँगै कर्जाको ब्याज घट्ने विश्वास लगानीकर्तामा देखिन्छ । #C53 त्यस्तै १२ अंक मुनी बजार पुग्दा अधिकांश कम्पनीहरुको शेयर मूल्य सस्तिएको र लाभांश घोषणा गर्ने समय भएकाले लगानीकर्ता बजार प्रवेश गर्न थालेका छन् । केही म्युचुअल फण्डहरुले समेत विस्तारै शेयरमा लगानी बढाउदा बजार सकारात्मक हुन पुगेको हो ।
आइतबार नेप्से सूचक ८.५९ अंकले बढेर ११९०.२८ विन्दुमा पुगेको छ । १६४ कम्पनीको ९ लाख ६० हजार ७१४ कित्ता सेयर ३० करोड २५ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् । गत विहीबारको तुलनामा कारोबार रकम समेत ९ करोडले बढेको हो।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ७ वटा समूह माथि लागेका छन् भने ३ वटामा गिरावट आएको छ । होटेल समूह ३२.११ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ११.१४ अंकले उकालो लागेको छ ।

एनआइसी एशियाको सबैभन्दा धेरै ३ करोड २० लाख रुपैयाँ बढीको कारोबार भयो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र एनएमबि बैंक परेका छन् ।

एनआइसिए, तिनाउ डेभलपमेन्ट, भार्गव विकास लगायतको शेयरमूल्य पाँच प्रतिशत बढीले उकालो लागेको छ । यस्तै सूर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै तीन प्रतिशतका दरले गुमाए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।