आरएसडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन खुल्यो

Sep 03, 2018 Merolagani

आरएसडिसी लघुवित्त (RSDC) ले निष्काशन गरेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रदमा अवितरित २ लाख ९१ हजार ४९० कित्ता लिलामी सेयरमा सोमबारबाट आवेदन खुला भएको छ । इच्छुकले भदौ २५ गतेसम्म आवेदन दिनसक्ने जनाइएको छ ।

लघुवित्तले लिलामीमा ल्याएको सेयरमध्ये २ लाख ६ हजार २२७ संस्थापक शेयर र ८५ हजार २६३ कित्ता सर्वसाधारण तर्फको शेयर रहेको छ । शेयर आवेदन दिदाँ सर्वसाधारणतर्फको लागि कम्तिमा १ सय कित्ता संस्थापकको १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

लिलामीको शेयरमा संस्थाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटका साथै ललितपुर, पोखरा, बुटवल, विरगन्ज, विराटनगर, नेपाल इन्भेष्टेमन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ, धनगढी र आरएसडिसीको बुटवल कार्यालयबाट आवेदन दिन सकिने छ ।

लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको थियो । उसले साउन २० गतेसम्म २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद जारी गरेको थियाे । जसमा २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलामी गरेकाे हाे ।

लघुवित्तको हकप्रद पछि ५७ करोड ६० लाख रूपैयाँ चुक्ता पूँजी पुगेकाे छ । राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने लघुवित्तलाई न्यूनतम ६० करोड पूँजी कायम गर्न निदेर्शन अनुरूप थप २ करोड ४० लाख पूँजी विस्तार आवश्यक देखिन्छ।

लघुवित्तको सेयर भदाै १७ गते आइतबार प्रतिकित्ता ४९३ रुपैयाँमा काराेबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।