पाँच बर्षअघिका लाभांश संकलन गर्न ग्लोबल आइएमई बैंकको आग्रह

Sep 03, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले पाँच बर्षअघिका साधारण सभाहरुबाट पारित नगद लाभांश तथा बोनस सेयर संकलन गर्न आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । सोमबार सूचना प्रकाशन गर्दै बैंकले सो आग्रह गरेको हो ।

लाभांश संकलन गर्न बाँकी सेयरधनीको सूची ग्लोबल आइएमई बैंक र सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेभसाइटबाट हेर्न सकिने बैंकले जनाएको छ

बैंकले आर्थिक बर्ष २०६५/६६ देखि २०६८/६९ सम्म वितरण गरिएको नगद लाभांश तथा बोनस सेयर यथाशिध्र आवश्यक कागजात सहित सप्रमाण बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल जमलबाट संकलन गर्न आह्वान गरेको छ ।

आर्थिक बर्ष २०७२/७३ देखि वितरण गरिएका बोनस सेयर र नगद लाभांश भने क्रमश हितग्राही खाता र बैंक खातामा नै जम्मा गरिने बैंकले जनाएको छ ।

हालसम्म कागजी सेयरप्रमाण रहेका सेयरधनीलाई सेयर डिम्याट गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत बैंकले भनेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।