बैंकको हाल २१ करोड ५ लाख ९० हजार चार सय रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले ३५ प्रतिशत बराबरले हुन आउने ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० रुपैयाँ पुग्नेछ ।
काबेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत जेठ २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेकाे थियो । काबेलीको १०० कित्ता बराबर माउन्ट मकालुको ८८ कित्ता सेयर स्वाप रेसियोमा एक्वायर भएको हाे ।
मर्जर तथा प्राप्तीमा गएको कम्पनीहरुका सेयरधनीहरुले गाभिएको मितिले दुई बर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरिएको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ । यसअनुसार बैंकले कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छैन ।