१८ अाैं दिनमा नेप्से परिसूचक १२ सय अंक माथि, २४ कराेड बढीकाे काराेबार

Sep 03, 2018 Merolagani

लाभांशको सिजनमा पनि निकै सुस्त रहेको सेयर बजार परिसूचक नेप्से १७ दिन पश्चाचत अर्थात् ११ औं कारोबार दिन भदाै १८ गते साेमबार अाएर १२ सय अंक माथि पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारले सोमबारबाट बुलिस टेन्ड्रमा गएकाे हाे ।

गत साउन ३१ गते नेप्से परिसूचक १२१० अंकमा रहेको थियो । त्यसयता परिसूचक घटबढ रहेपनि १० काराेबार दिनमा एक हजार दुई सय माथि उक्लन सकेको थिएन ।

सोमबार सेयर लगानीकर्ताकाहरुले बैंकर्स संघका पदाधिकारीलाई भेट गरि सस्ताे ब्याजदरमा मार्जिन कर्जा उपलब्ध गराउन र सेयर बजारमा समस्या सम्बोधन गर्न पहल गर्न समन्वयकारी भूमिका निभाउन बैंकर्स संघलाई ज्ञापनपत्र बुझाएपछि लगानीकर्तामा आत्मविश्वास थपिँदा पनि बजारले गति लिएको अांकलन गरिएकाे छ । 

दिउँसो एक बज्दासम्म नेप्से परिसूचक १९.३६ अंकले बढेर १२०९.६४ अंकमा पुगेको छ । पछिल्ला दिनमा दैनिक २० करोडको कारोबार हुने बजारमा दुई घण्टा कारोबार समयमा नै २४ करोड रुपैयाँको कारोबार भैसकेको छ । काराेबार रकम बढ्दै  गएपछि लगानीकर्तामा उत्साह समेत थपिएकाे छ ।

 

 

समाचार तयार पार्दासम्म १४८ कम्पनीका ७ लाख ९ हजार कित्ता सेयर २४ करोड तीन लाख रुपैयाँको बाराबरमा काराेबार भएको छ। कारोबारमा आएका सबै उप समूहको सूचक सकारात्मक रहेका छन् ।

लक्ष्मी बैंकको सेयरमूल्य बढेर सर्किट लागेको छ भने ङादी ग्रुप पावरको सेयरमूल्य सबैभन्दा धेरै
घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।