युनाईटेड फाइनान्सको १९ प्रतिशत बोनस प्राप्त गर्न कर तिर्नुपर्ने

Sep 03, 2018 Merolagani

युनाईटेड फाईनान्स (UFL) का सेयरधनीले १९ प्रतिशत बोनस सेयर प्राप्त गर्न कर तिर्नुपर्ने भएको छ । बोनसमा लाग्ने करका लागि नगद वितरण नगरि बोनस सेयर मात्र बाँडेको फाइनान्सले सोमबार सूचना जारी गर्दे सेयरधनीलाई बोनसमा लाग्ने पाँच प्रतिशत बराबरको कर तिर्न भनेको हो ।

बोनसमा लाग्ने कर रकम फाइनान्सको कुनै पनि शाखा कार्यालयहरुबाट खाता नम्बर ९९९४१०००५०७४३०००००१ मा जम्मा गर्न सक्ने बताइएको छ । कर बुझाएपछि मात्र बोनस सेयर डिम्याट खातामा पठाउने कम्पनीले बताएको छ । 

त्यसैगरी साधारण सभा प्रयोजनको लागि गरिएको बुकक्लोजको समयमा कुनै सेयरधनीको सेयर रोक्का भएको भए रोक्का फुकुवा भएपछि मात्र डिम्याट खातामा जम्मा हुने कम्पनीले जानकरी दिएको छ । साथै हालसम्म पनि भौतिक सेयर धारण गर्ने सेयरधनीले सेयर अभौतिकिकरण गराउन भनेको छ

फाइनान्सको २०७४ पुस २९ गते सम्पन्न २३ औं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।