नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन

Sep 04, 2018 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को ६० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन हो । कम्पनीले गत साउन १ देखि १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । निर्धारित समयमा हकप्रद नबिकेपछि कम्पनीले यसअघि १५ दिन समय थप गरेको थियो ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेशनलको रजिष्टर्ड कार्यालय लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ ।

हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।