बालाजू क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्ने प्रयास जारी

Sep 04, 2018 Merolagani

नेपाल विद्युत प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजू सबस्टेसनको ट्रान्सफर्मको मर्मत गरिरहेको छ । सबस्टेसनमा रहेका २वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलानी भएको थियो ।

यसबाट बालाजू र महाराजगंजको बीचमा विद्युत आपूर्तिमा गडबढी भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए ।

‘आगलागी भएको बुसिङ फेरी तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ’,प्रवक्ता अधिकारीले भने,‘मर्मत सम्भारको काम चाँडोभन्दा चाँडो सकेर विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण लागिरहेको छ ।’

बालाजू सबस्टेसनमा पिक समयमा करिव ३१ मेगावाट विद्युत माग छ । साधारण समयमा सबस्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्दे त्यस क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिएको अधिकारीले जानकारी दिए ।

‘एउटा ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रमा करिव १५ मेगावाट विद्युत आपूर्ति गर्न सकिंदैन’,उनले भने,‘यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा केही गडबढी भएको छ ।’
धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज(१, महाराजगञ्ज(२, टेकु(१, बिआई डि(१, बिआई डि(२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।