घट्दो बजारमा कमाई बढाउने होडमा धितोपत्र बोर्ड, लगानीकर्ता भने जिल्ल

Sep 04, 2018 Merolagani

नेपाल धितोपत्र बोर्ड जसरी भए पनि आफ्नो आम्दानी बढाउन केन्द्रित भएको देखिएको छ । सेयरमा प्रत्यक्ष सम्बन्ध राख्ने संस्थाहरुको अनुपातमा बोर्डले आम्दानीलाई मुख्य केन्द्रमा राखेको देखिन्छ । बजारमा प्रत्यक्ष सम्बन्ध राख्ने अन्य निकायहरुको तुलनामा पनि बोर्ड धेरै भन्दा धेरै आम्दानी गर्ने होडमा उत्रिएको देखिन्छ ।

धितोपत्र बोर्ड पुँजीबजारको नियामक भन्दा पनि कम्पनीको रुपमा आम्दानी वढाउने होडमा देखिको हो । बोर्डले नियमनको पक्षलाई भन्दा पनि आम्दानी वढाउन ध्यान दिएपछि बजारको विकास पछाडी परेको हो । यस सम्बन्धमा सार्वजनिक कार्यक्रमहरुमा समेत चर्चा हुन थालेको छ ।

नेपाल धितोपत्र बोर्डले पुँजी बजारसंग सम्बन्धी कम्पनीलाई अनुमती तथा नियमन गर्ने क्रममा मात्र नभएर समान्य सेयर कारोबारमा समेत सेयर लगानीकर्तावाट प्रत्यक्ष रुपमा कमीसन लिन्छ । सेयर कारोबारमा बोर्डले कमीसन लिनु भनेको कर्जा लिदाँ वा बैंकमा निक्षेपमा राख्दा नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुले शुल्क बुझाउनु पर्ने जस्तै रहेको लगानीकर्ता बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘राइट रिनाउन्स गर्दा अन्य निकायले शुल्क नलिने गरेकोमा धितोपत्र बोर्डले १ प्रतिशत शुल्क लिनु कतैबाट व्यवहारिक देखिँदैन ।’

धितोपत्रको हरेक कारोबारमा बोर्डले कारोबार रकमको ०.०१५ प्रतिशत कमीसन लिदै आएको छ । त्यसका साथै बोर्डले गत वर्ष देखि धितोपत्र दलाल कम्पनीले लिएको सेवा शुल्कको ०.६ प्रतिशत रकम पनि लिँदै आएको छ । यति मात्र नभई निक्षेप खाता खोल्दा देखि सेयर एक खाताबाट अर्को खातामा सर्दाको समेत शुल्क लिदै आएको छ ।

सेवा प्रदायक कम्पनीले जसरी नियामक निकाले पनि शुल्क तथा कमिसन असुल्दै आएको बोर्डले गत आर्थिक वर्षमा मात्र ४० करोड ५० लाख ७८ हजार रुपैंया रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो रकममा केही गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षमा बोर्डले ४४ करोड ७२ लाख ९८ हजार रुपैंया आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षमा बोर्डले ३१ करोड ४ लाख ४४ हजार रुपैयाँ नियमीत आम्दानी गरेको छ  । बजार घट्दो अवस्थामा रहँदै गर्दा पनि बोर्डको नियमित आम्दानीमा भने खासै असर नपरेको हो कि भन्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षमा बोर्डले ३९ करोड ३२ लाख ८ हजार रुपैंया नियमित आम्दानी गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज सेयर बजारको फ्रण्टलाइन रेगुलेटर हो । उसले आर्थिक वर्ष २०७२ ७३ मा कमिशनबाट हुने आम्दानी शिर्षकमा६९ करोड ६१ लख रुपैंया आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षमा सोही शिर्षकमा ४६ करोड ७८ लाख रुपैंया आम्दानी गरेकोमा गत आर्थिक वर्षमा जम्मा २४ करोड ९० लाख रुपैंया मात्र आम्दानी गरेको छ । सेयर बजारमा सबैभन्दा बढी सक्रिय हुने निकायको आम्दानीको तुलनामा पनि नियामक धितोपत्र बोर्ड जो बजारका कृयाकलापमा प्रत्यक्ष संलग्न हुँदैन, उसले धेरै भन्दा धेरै आम्दानी गरिरहेको छ ।

धितोपत्र बोर्डले गत आर्थिक वर्षमा मात्रै नियमित आम्दानीबाट ३१ करोड रुपैंया आम्दानी गरेको हो । धितोपत्र तथा इकाई निष्काशन अनुमति, दर्ता दस्तुर आम्दानी, सेयर दलाल व्यवसायी तथा मर्चेण्ट बैंकरको प्रमाणपत्र नबिकरण दस्तुर लगायतका शिर्षकबाट बोर्डले ठुलो रकम आम्दानी गर्दै आएको छ । यस्ता आधा दर्जैन बढी शिर्षकबाट बोर्डले ठुलो रकम आम्दानी गर्दै आएको छ ।

बजार घटेर लगानीकर्ता निराश बनिरहेको अवस्थामा बोर्डको आम्दानीको आकारले बजारका सम्बद्ध पक्षहरु समेत निराश बनिरहेका छन् । ‘आफ्नो आम्दानी घटेर शुन्यमा आउन लागिरहेका बेला बोर्डलाई विभिन्न शिर्षकमा रकम बुझाउँदै बस्ने मात्र काम भैरहेको छ ।’ बजार सम्बद्ध एक जनाले नाम तथा संस्था नखुलाउने शर्तमा मेरोलगानीलाई भने ।

बोर्डले पटके आम्दानी मार्फत गत आर्थिक वर्षमा एक करोड ५५ लाख १२ हजार ९ सय रुपैयाँ आम्दानी गरेको छ । सबै आम्दानीलाई समायोजन गर्दा बोर्डको ४० करोड ५० लाख माथि पुग्दै गर्दा खर्च भने झण्डै ११ करोड रुपैंया नजिक छ । उल्लेखित खर्च कटाउँदा बोर्डले गत आर्थिक वर्षमा २९ करोड ६१ लख ९० हजार रुपैंया बचत गरेको छ । अरु कम्पनीको आधारमा भन्दा बोर्डले गरेको यो बचत रकम खुद नाफा हो भन्न सकिन्छ । अघिल्लो आर्थिक वर्षमा बोर्डले पौने ४५ करोड आम्दानी गरेर ६ करोड खर्च गर्दा ३५ करोड ३३ लाख ८३ हजार रुपैंया बचत गरेको थियो ।

सेयर बजार निरन्तर ओरालो लागेर केही दिन यता सुधारको क्रममा भए पनि आम लगानीकर्ताले त्यसको लाभ लिन पाईरहेका छैनन् । कतिपय लगानीकर्ता नोक्सानमा कारोबार गरिरहँदा पनि धितोपत्र बोर्डलाई शुल्क बुझाउन बाध्य हुँदा समस्यामा परेका छन् । यसले लगानीकर्ता एकतिर अनि पूँजीबजारको नियामक धितोपत्र बोर्ड अर्को बाटोमा रहेको देखाउँछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।