एनआईसी एशिया र गुराँस लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Sep 05, 2018 Merolagani

एनआईसी एशिया बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले बैंकको जुन सुकै शाखा कार्यालयहरुवाट सहज रुपमा गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद लगायत सम्पुर्ण सुविधा प्राप्त गर्न सक्नेछन् । 

बैंकको मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ ।

बैंकको वासलातको आकार १८५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५५ अर्ब रुपैयाँ तथा कर्जा १२८ अर्ब रुपैयाँ रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।