ज्योति विकास बैंकको उच्च ब्यवस्थापनमा दुई पदाधिकारीहरु नियुक्त

Sep 05, 2018 Merolagani

ज्योति विकास बैंकका उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचायलार्इ नियुक्त गरिएको हो ।

ब्यबस्थापनमा स्नातकोत्तर शुशिल कुमार शर्मासँग २३ बर्ष नेपाल एस.बि.आई. बैक र ५ बर्ष नेबिल बैंकमा काम गरेको अनुभव रहेको छ । उनी यसअघि एस. बि.आइ. बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत रहेका थिए । शर्मासँग शाखा प्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभव रहेको छ । 

त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभव रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर गरेका आचार्य यसअघि एभरेष्ट बैंकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च ब्यबस्थापनमा स्थापित वाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका ब्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने विश्वास गरिएको छ ।

 

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

बैंकले एक लाख ५० हजारभन्दा बढी खाताबाट २० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत १६ अर्ब भन्दा बढी ऋण लगानी गरेको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ भने हाम्रो विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडि बढाइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।