एशियन लाईफद्धारा मृत्यु दाबी वापत साढे २० लाख भुक्तानी

Sep 05, 2018 Merolagani

एशियन लाईफ इन्स्योरेन्स कम्पनी (ALICL) ले मृत्यु दाबी भुक्तानी वापत धादिङ्गको बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार भुक्तानी गरेको छ । बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएको थियो ।

इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी रकम भदौ १९ गते बुधबार मृतकको बुवा कमल प्रसाद उपाध्यायलाई हस्तान्तरण गरेको हो । 

कम्पनीको का.मु. सहायक महाप्रबन्धक लोकराज जोशीले मुक्तिनाथ विकास बैंकको धादिङ्ग शाखा कार्यालयमा आयोजित एक कार्यक्रमको बीचमा सो रकम हस्तान्तरण गरेका हुन् । 

धादिङ्गको त्रिपुरा सुन्दरी गा.पा. निवासी बीमित गकुल उपाध्यायको मिति २०७५ जेठ ३ मा सडक दुर्घटनामा परि निधन भएको थियो ।

मिति २०७४ पुस २६ मा १५ वर्ष अवधीका लागी १० लाख बीमाङ्कको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गराएका स्वर्गिय गकुल उपाध्यायले कम्पनीलाई बीमाशुल्क वापत ६६ हजार ८८६ रुपैयाँ भुक्तानी गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।