सकिँदै छ, डिआईएसको झन्झट, भदौ महिनाभित्रै ई-डिआईएस सेवा सुरु हुने

Sep 05, 2018 Merolagani

शेयर बजारका लगानीकर्ता शेयर कारोबार पश्चात डेविट इन्सट्रक्सन स्लिप (डिआईएस)  बोकेर ब्रोकर कार्यालय धाउने दिनको छिट्टै अन्त्य हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले भदौ महिना भित्रमा नै ई -डिआईएस सेवा सञ्चालनमा ल्याउने भएपछि लगानीकर्तालाई शेयर कारोबारमा थप सहजता हुने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार यस्तो सेवा भने मेरो शेयरका प्रयोगकर्ताले मात्र पाउने छन् । ई-डिआर्इएस सम्बन्धी एप्लिकेशनको काम पुरा भएको र अब सञ्चालनको अन्तिम तयारीमा रहेको सिडिएससीले जनाएको छ । 

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भदौ महिना भित्रै ई-डिआईएस सेवा सुरु गर्ने तयारीमा रहेको मेरोलगानीलाई जानकारी दिए । मेरो शेयरको होम पेजमा इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीप (ई-डिआइएस) सम्बन्धी अप्सन रहने छ । 

मेरो शेयरका प्रयोगकर्ताले ई-डिआइएस सम्बन्धी अप्सनमा गएर शेयर बिक्री गर्दा ई-डिआर्इएस प्रयोग गर्न सक्नेछन् । हाल यो सेवा मेरो शेयरमा आवद्ध भएका तीन लाख १६ हजार ५०० लगानीकताले मात्र लिन सक्ने न्यौपानेले बताए ।

ई-डिआइएस सेवा सञ्चालनमा आएपनि मेरो शेयरमा आवद्ध भईनसकेका लगानीकतर्नाले भने पुरानै पद्धति अनुसार डिआइएस बोकेर ब्रोकर कार्यालय धाउनुपर्नेछ ।

नेप्सेले अनलाइन शेयर कारोबार प्रणालीको परीक्षण गरिरहेको अवस्थामा सो अगावै ई-डिआईएस कार्यान्वयनमा ल्याउन लागिएको हो । यसले क्लोज आउटको समस्या पनि न्यूनिकरण गर्नेछ ।

हालसम्म १३ लाख १८ हजार बढी डिम्याट खाता सञ्चालनमा रहेको भएपनि तीन लाख १६ हजार ५०० जना लगानीकर्ता मात्र मेरो शेयरमा आवद्ध रहेका छन् ।

ई-डीआईएसको सुबिधा पूर्णअनलाईन कारोबार प्रणाली लागू नहुँदै पनि लिन सकिने प्रवक्ता न्यौपानेको भनाई छ । अनलाईन प्रणाली मार्फत ब्रोकर नगई शेयर कारोबार गर्न सकिन्छ भने ई-डीआईएस मार्फत ब्रोकर कार्यालय नपुगी शेयर कारोबारको राफसाफ गर्न सकिनेछ ।

यो सुविधाका कारण डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि समय र खर्च बचत भई लागत पनि कम हुनेछ । नेप्सेले चाँडै ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन कारोबारसँगै सेयर हस्तान्तरण पनि अनलाईन मार्फत नै हुने भएपछि ई-डिआईएस सञ्चालनमा ल्याउन लागिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।