एनआईसीएको तेश्रो ऋणपत्रको बिक्री खुल्यो, ७ बर्षे अवधिमा कति पाईन्छ ब्याज ?

Sep 06, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र (डिवेन्चर) जारी गरेकोे छ । यसअघि दुई पटक गरि तीन अर्ब ५० करोडको ऋणपत्र जारी गरिसकेको बैंकले तेश्रो पटक ऋणपत्र जारी गरेको हो ।

’११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३’ नाम दिइएको उक्त ऋणपत्र बैंकले बार्षिक ११ प्रतिशत ब्याजदरमा जारी गरेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा १८ लाख ३० हजार कित्ता बराबरको एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।

निष्काशन हुने कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ बराबरको तीन लाख ६६ हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ६४ हजार कित्ता व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । यसमध्ये १८ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । तीन लाख ४७ हजार ७०० कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । बैंकले ऋणपत्रमा आर्जित ब्याजदर पहिलो पटक माघ महिनाको १ गते तथा दोस्रो पटक साउन १ गते भुक्तानी गर्ने जनाएको छ ।

बैंकले ऋणपत्र फिर्ता भुक्तानीका लागि बैंकको नाफा नोक्सान हिसाब खाताबाट प्रत्येक बर्ष २६ करोड १४ लाख २८ हजार ५७१ रुपैयाँका दरले हुन आउने रकम ऋणपत्र भुक्तानी जगेडा कोष स्थापना गरेर रकमान्तर गर्दै जाने जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई प्रदान गरेको छ । हाल बैंकमा बचत खाताको ब्याजदर ६ प्रतिशत हाराहारीमा रहेको अवस्था छ ।

इच्छुक लगानीकर्ताले ऋणपत्रमा २५ कितादेखि निष्काशन हुने अधिकतम कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । सो ऋणपत्र छिटोमा भदौ २५ गते निष्काशन बन्द हुनेछ भने सो समयमा सबै बिक्री नभएको अवस्थामा असोज १९ गतेसम्म खुला हुने जनाइएको छ ।

यस अगाडि बैंकले ९ प्रतिशत वार्षिक व्याजदरमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता तथा ७.२५ प्रतिशत बार्षिक ब्याजदरमा ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरिसकेको छ । तेश्रो निष्काशनसँगै बैंकले जारी गरेको ऋणपत्रको कूल आकार पाँच अर्ब ३३ करोड रूपैयाँ पुग्नेछ ।

एनआईसी एशिया बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउन तथा बैंकको प्रबन्धपत्रमा उल्लेख गरिएको उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिने पनि बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।