अब भने अनलाइन प्रणालीमा मोक ट्रेडिङ गर्ने भयो बेला, तपाईले युजर लिनु भयो ?

Sep 06, 2018 Merolagani

बेला बेला अनलाइनको बढी चर्चा भएर आजित भएका लगानीकर्तालाई नेपाल स्टक एक्स्चेञ्जले अब भने मोक ट्रेडिङ गराउने भएको छ । यस अघि सिमित लगानीकर्ता तथा सेयर दलालहरुलाई राखेर मोक ट्रेडिङ गराएको नेप्सेले अब भने आम लगानीकर्तालाई मोक ट्रेडिङ गराएर अनलाइनमा अभ्यस्त बनाउन खोजेको हो ।

धेरे लगानीकर्ताको प्रतिक्षाको विषय बने पनि ताकिएको समयमा सेवा सुरु नहुँदा अनलाइन आलोचित बनिरहेको छ । यस्तो अवस्थाका बिचमा नेप्सेले अनलाइनको परीक्षणलाई अन्तिम अवस्थामा पुर्याएको हो । परीक्षणको काम केही दिनमा पुरा गरेर आम लगानीकर्तालाई मोक ट्रेडिङमा सहभागि गराउने योजना नेप्सेले बनाएको छ । केही समय मोक ट्रेडिङ गराए पछि लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गर्न सक्ने गरी काम अघि बढ्ने नेप्सेले जनाएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार केही दिनमा नेप्से सञ्चालक समितिका पदाधिकारी तथा सञ्चारकर्मीलाई पनि मोक ट्रेडिङको तालिम दिइने छ ।

नेप्सेले साउन १ गतेदेखि नै अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण गर्ने बताउँदै आएको थियो । प्राविधिक विषय भएका कारण निर्धारित समयमा तयारी पुरा नहुँदा आम लगानीकर्ता अनलाइन कारोबार प्रणालीप्रति आशावादी हुन सकिरहेका थिएनन् । वाईको डेभलपर प्रालिले निमार्ण गरेको अनलाइन प्रणाली निर्धारित १८ महिनामा नेप्सेलाई हस्तान्तरण गरे पनि विविध प्रविधिक पक्ष सुधारको क्रम चलिरहेकाले तोकिएको समयमा अनलाइन सुरु भएको थिएन ।

अब भने लगानीकर्ता अनलाइन कारोबार प्रणाली सुरु हुनेमा आवादी बन्न सक्छन् । प्रणाली संचालनमा आएपछि लगानीकर्ताहरुले घरमै बसेर आफ्नो मोबाइल वा कम्प्युटरबाट नै सेयरको कारोबार गर्न सक्छन् । यसका लागि लगानीकर्ताले आफ्नो सेयर दलालकोमा गएर अनलाइनको युजर तथा फसवर्ड लिनु पर्ने हुन्छ ।

अनलाइन कारोबारका लागि यूजर र पासवर्ड कसरी लिने ?

प्रत्येक सेयर दलालहहरुलाई अलग अलग आईपी ठेगाना उपलब्ध गराइएको हुन्छ । तपाईको ब्रोकरको आईपि ठेगाना पत्ता लगाएर यस अघि सेयर दलालकोबाट पाएको क्लाइण्ट आईडिका आधारमा अनलाइनको युजर माग गर्न सकिन्छ । तर तपाईको ब्रोकरकोमा केवाईसी तथा इमेल ठेगान अद्यावधिक भएको हुनु पर्छ ।

इमेल ठेगाना ब्रोकरकोमा प्रविष्ट नभएको अवस्थामा भने तपाई ब्रोकरकोमा एक पटक पुग्नै पर्ने हुन्छ । यहाँ हामीलाई उपलब्ध भएको २५ सेयर दलालको आईपी ठेगाना उपलब्ध गराइएको छ । यहाँ क्लिग गरेर सूची हेर्नका साथै आईपि कपि गरेर ब्राउजरमा पेष्ट गरी सम्बन्धित ब्रोकरको अनलाइन प्रणालीमा पुग्न सकिन्छ । 

उता केन्द्रिय निक्षेप प्रणालीले पनि अनलाइन कारोबार प्रणालीलाई सघाउने गरी इडिआइएसको काम अन्तिम चरणमा पुर्याएको छ । यसले सेयर बेचे पछि कागजी डिआईएस बुझउनु पर्ने बाध्यताको अन्त्य हुनेछ । 

...[भदौ महिनाभित्रै ई-डिआईएस सेवा सुरु हुने]...

अनलाइनमा कसरी हुन्छ सेयर कारोबार ?

सबै भन्दा पहिले लगानीकर्ताले ब्रोकर कम्पनीमा आधिकारीक परिचय पत्र सहित उपस्थित भएर युजर नेम र पासवर्ड लागि सम्पर्क गर्नु पर्दछ । त्यसपछि लगानीकर्ताहरुको डाटा ब्रोकरले इन्ट्रि गर्दछ । ब्रोकरले दिएको युजर नेम र पासवर्ड स्वीकृत भएपछि नेप्सेले युनिक क्लाइन्ट कोड प्रदान गर्दछ । त्यो युनिक क्लाइट कोड फेरी ब्रोकर कम्पनिलाई दिनु पर्दछ । यो प्रकृया एक पटक मात्र गर्नु पर्ने हुन्छ ।

ब्रोकरले लगानीकर्ताको अवस्था हेरेर कति सम्मको कारोबार गर्न दिने भन्ने सीमा निर्धारण गर्दछ । उल्लेखित प्रकृया पुरा भए पछि लगानीकर्ताको खातालाई डिलरसँग लिङ्क एक्टिभेसन गराइन्छ । डिलर अहिलेको नयाँ कन्सेप्ट हो । हरेक लगानीकर्तालाई डिलरसंग लिङ्क गराएर अघि बढाए पछि लगानीकर्ता अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सक्षम हुन्छन् ।

...[अनलाइन कारोबार : सेयर किन्नुस् - पैसा घट्छ सेयर बढ्छ , बेच्नुस् -सेयर घट्छ पैसा बढ्छ]...

अनलाइन प्रविधिमा नेस्से इन्डेक्स, न्युज, टे«डिङ्ग अपडेट लगायत मार्केट अपडेट पनि हेर्न सकिने वाईको प्रालिले जनाएको छ । यस्तै अर्डर गर्नुभन्दा पहिले रिक्स मापन हुने पनि बताइएको छ ।

अनलाईन कारोबार गर्दा पारदर्शिताका साथै समयको बचत हुने भएकोले लगानीकर्ताहरु उत्साहित भएका हुन । तर अनलाइन प्रविधिमा समस्या आउने वित्तिकै तत्काल समधान हुने प्रविधि हुनुपर्ने र खरिदबिक्रीमा सिमा राख्न नहुने उनीहरुको भनाई छ । साथै अनलाइनमा कारोबारको सीमा पनि राख्न नहुनेमा उनीहरुले जोड दिँदै आएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।