मिर्मिरेले गर्यो बोनस बापत लाग्ने कर बुझाउन आह्वान

Sep 07, 2018 Merolagani

मिर्मिरे लघुवित्तले बोनस शेयर बापतको कर बुझाउन शेयरधनीलाई आग्रह गरेको छ । लघुवित्तको गत जेठमा सम्पन्न बार्षिक साधारण सभाले ३०.८० प्रतिशत बोनस सेयर पारित गरेको थियो ।

लघुवित्तका शेयरधनीले ३ लाख १९ हजार ८८८ कित्ता बोनस बापतको लाग्ने ५ प्रतिशतले १५ हजार ९९४ रुपैयाँ कर नेपाल एसबिआई बैंकको दरवारमार्ग शाखाबाट बुझाउन सकिने छ ।

साथै सेयरधनीले कर बुझाएको भौचरमा शेयरधनी नम्बर तथा हितग्रहि खाता नम्बर अनिवार्य रुपमा खुलाउनु पर्ने लघुवित्तले जानकारी गराएको छ ।

 

comments powered by Disqus

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ भोलिदेखि बन्द हुने, आवेदन गर्न आज मात्र समय

Nov 21, 2018

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि निष्काशन गरेको आईपिओमा मंसिर ५ गते बुधबारसम्म आवेदन गर्न पाउनेछन् । कम्पनीले मंसिर ६ गतेदेखि आइपिओ निष्काशन बन्द हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।