मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने

Sep 07, 2018 Merolagani

मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । माउन्ट मकालु यातायात प्रा.लि.ले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरू गरेको हो ।

अनलाइन टिकटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका भद्रपुर, काकारभिट्टा, बुधबारे, ताप्लेजुङ, विराटनगर र जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिनेछ । 

अनलाइन टिकटिङ सेवाको औपचारिक सुरूवात कार्यक्रममा माउन्ट मकालु यातायात प्रा.लि.का अध्यक्ष तुलसी मान सिंहले भने ‘ विश्वमा मात्र नभएर नेपालमा पनि अहिले प्रविधिको प्रयोग बढिरहेको छ । हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडी बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधि मैत्री बनाइ यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको सेवा सुरू गरेका हौँ’ ।

कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भने,‘ हामीले नेपालको यातायात क्षेत्रलाई डिजिटलाइज बनाउनुपर्छ भन्ने उदेश्यले करिब चार वर्ष अगाडी बससेवा डटकमको स्थापना गरेका थियौँ । यहि क्रममा पूर्वी नेपालमा उत्कृष्ट र गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने हाम्रो अभियानमा मकालुसँगको सहकार्यले महत्वपूर्ण सहयोग पुग्छ भन्ने हाम्रो विश्वास रहेको छ ’।

यात्रुहरूले माउन्ट मकालु यातायातको आधिकारिक वेभसाइट माउन्ट मकालु डटकम डट एनपी अथवा बससेवाको वेभसाइट बससेवा डटकम बससेवाको मोबाईल एप्सबाट सिधै टिकट काट्न सक्नेछन् । यसैगरी इसेवाको वेभसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सकिनेछ ।

साथै निकट भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ । अनलाइन टिकटिङ सेवाको औपचारिक सुरूवातको अवसरमा माउन्ट मकालु यातायात सेवा प्रा.लि.ले अनलाईन टिकटमा १० प्रतिशत क्यास ब्याकयोजनाको घोषणा गरेको छ । यो योजना असोज ५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।