डेढ अर्ब घोटालाका प्रमुख आरोपी धिताल भन्छन् : ' राष्ट्र बैंकले फसायो'

Sep 07, 2018 Merolagani

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोग लागेका तत्कालीन एपेक्स बैंकका अध्यक्ष बिष्णु प्रसाद धितालले आफुलाई राष्ट्र बैंकले फसाएको आरोप लगाएका छन् । साथै उनले कतै ऋण दिएबापत दुई रुपैयाँ लिएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।

उच्च अदालत पाटनको आदेशमा धरौटीमा छुटेका धितालले शुक्रबार पत्रकार सम्मेलन गर्दे सो चुनौती दिएका हुन् ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत जेठमा अध्यक्ष धिताल सहित २१ जनालाई बैंकिङ ठगी अभियोगमा पक्राउ गरेर उच्च अदालत पाटनमा बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । 

 २०७२ मङ्सिरमा एपेक्स डेभलोपमेन्ट बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क (एनसीसी) मर्जरको प्रक्रियामा रहेको बेला उनीहरूले योजनमाबद्ध रूपमा ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनीहरूले कमसल धितो, नक्कली कागजपत्र बनाएर ठगी गरेको प्रहरीको दाबी छ।

यसरी सिआईबीको अप्रेशनमा परे तत्कालीन एपेक्स बैंक घोटालाका आरोपी, जुठो हातमै समातिए

...[यी हुन सीआईबीले पक्राउ गरेका एनसीसी घोटलामा संलग्न १३ अभियुक्त]...

 

शुक्रबार पत्रकार सम्मेलन मार्फत धितालले आफुलाई सुनियोजित रुपमा फसाइएको दाबी गरेका हुन । उनले साविकका रारा विकास बैंक, अपि फाइनान्स र रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स एक आपसमा गाभेर एपेक्स डेभलपेमन्ट बनेको र ती संस्थाहरुको समस्या एपेक्समा देखा परेको दाबी गरे । साथै उनले यी संस्थाहरु गाभ्न तत्कालीन गभर्नर युवराज खतिवडाको महत्वपूर्ण भुमिका रहेको समेत बताए ।

साथै उनले रारा विकास बैंक, अपि फाइनान्स र रोयल मर्चेन्ट फाइनान्स मर्जर भएर एपेक्स डेभलपमेन्ट बैंक बन्ने क्रमदेखि एपेक्स बैंक सहित अन्य बैंक एनसीसी बैंकमा मर्जर हुने बेलामा पनि राष्ट्र बैंकको प्रत्यक्ष निगरानी र निर्देशन रहेको उल्लेख गर्दे यसको सम्पूर्ण जिम्मा राष्ट्र बैंकले नै लिनुपर्ने जिकिर गरे ।

एनसीसी बैंकको बिवादलाई पनि एपेक्सको भन्ने र एपेक्समा विवाद रहेको राष्ट्र बैंक लगायतका नियामक निकायलाई जानकारी हुँदाहुदै पनि राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट पन्छिएर सिआइबी गुहार्न पुगेको आरोप समेत लगाए । उनले राष्ट्र बैंकले कारबाही गर्ने, स्पष्टिकरण सोध्ने नगरी एकैपटक सीआईबीमा फाइल पुर्याएर फसाउने काम गरेको दाबी गरे ।

एनसीसी घोटला प्रकरणः ऋणीको ठेगाना बाढी पीडित बस्ती, बाँदर लड्ने भीरमा सडक

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।