जानकी फाइनान्सको बोनस प्रस्ताव

Sep 09, 2018 Merolagani

जानकी फाइनान्स कम्पनी (JFL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

फाइनान्स सञ्चालक समितिको भदौ २१ गते बिहीबार सम्पन्न बैठकले २२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृती तथा फाइनान्सको आगामी बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ । 

हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।

 

फाइनान्सले अघिल्लो बर्षको तुलनामा गत असार मसान्तसम्ममा झण्डै ३० प्रतिशत बढी १३ करोड ३८ लाख खुद नाफा गरेको थियो। फाइनान्सको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ १९ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।