प्रभु इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आइतबार अन्तिम माैका

Sep 09, 2018 Merolagani

प्रभु इन्स्योरेन्स कम्पनी (PRIN) ले भदौ १७ देखि लिलामीमा ल्याएको हकप्रदमा अवितरित एक लाख ३७ हजार १६ कित्ता शेयरमा बोलपत्र पेश गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले १५ हजार ८६१ कित्ता संस्थापक समूहको तथा एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले यस सेयरमा २४ गते आइतबार कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु  आदर्शनगर विरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोडपोखरा, वीरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, र गोदावरीरोड धनगढीबाट मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

बाेलपत्र पेश गर्दा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा दश कित्ताले भाग जानेगरी कम्तिमा सय कित्तादेखि लिलामी खाेलिएकाे सबै सेयरका लागि आवेदन गर्न पाइनेछ ।

कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यहि सेयरमा अवितरित सेयर अहिले लिलामीमा ल्याएको हो ।

कम्पनीले हकप्रद बिक्री चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ। कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ३६ प्रतिशत, कर्मचारी सञ्चयकोष १५ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत छ।

आइतबार कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ४९७ रुपैयाँमा कारोबार भैरहेको छ। गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।