आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने

Sep 09, 2018 Merolagani

आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) ले आफ्नो २२ औं सम्मेलन नेपालमा गर्ने भएको हो । 

सो बारेमा बीमा समितिले आइतबार पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी गराउने भएको छ ।

आगामी असोज ९ र १० गते नेपालमा हुने उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने बीमा समितिले जनाएको छ ।

सम्मेलनमार्फत पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ ।

नेपालमा १८ वर्षपछि दोस्रोपटक बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो । यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो ।

 

नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले बर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । २०७२ सालको भूकम्प र वर्षेनी आउने बाढी तथा पहिरोले आम जनता प्रभावित बनेका छन् भने राष्ट्रले पनि ठूलो दायित्व व्यहोर्दै आउनु परेको छ । नेपालमा यस्ता सम्पत्तिको बीमा हुन सकेको छैन ।

सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक संघले गर्ने बताइएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।