बजार बन्द हुनै लाग्दा १० कित्ता सेयरबाट फेरि कसले बढायो टेलिकमको सेयर मूल्य ?

Sep 09, 2018 Merolagani

पछिल्ला केही दिन यता टेलिकमको सेयरमा उत्पन्न भई रहेको अस्वभाविक उतार-चढाव आइतबार पनि दोहोरिएको छ । गत बिहीबार ७४१ रुपैयाँबाट एकाएक ७६० रुपैयाँ पुर्याइएको सेयर मूल्य आइतबार ७४३ रुपैयाँमा झारेर ७५१ रुपैयाँ पुर्याइएको छ, त्यो पनि १० कित्ता सेयरको आडमा । 

यस्ता कृयाकलाप अधिकांश कम्पनीहरुमा विभिन्न समुहले योजनाबद्ध रुपमा सञ्चालन गरिरहँदा लगानीकर्ता जिल्ल पर्ने अवस्था आएको छ । 

बजारमा क्रमिक रुपमा सेयर मूल्य बढ्दै गएको देखिए पनि विभिन्न किसिमका कृयाकलापले बजारलाई माथि जान दिइरहेको छैन । यसै क्रममा आइतबार पनि टेलिकमको सेयर मूल्य अन्तिम समयमा १० कित्ता सेयरबाट ६ रुपैयाँले माथि धकेलिएको छ । यद्यपी अघिल्लो कारोबार मूल्यको आधारमा भने अझै टेलिकमको सेयरमूल्य ९ रुपैयाँ घटेको छ ।

गत बिहीबार पनि स्टक ब्रोकर नम्बर ४३ ले अन्तिम समयमा टेलिकमको १० कित्ता सेयरबाट दोस्रो अन्तिम कारोबारको तुलनामा सेयर भाउ ५ रुपैयाँले माथि तान्ने प्रयास गरेको थियो । आइतबार पनि ४३ नम्बर ब्रोकरले नै टेलिकमको सेयर मूल्य दोस्रो अन्तिम कारोबार मूल्यको आधारमा ६ रुपैंयाले माथि पुर्याएको छ । यस क्रममा उसले जम्मा १० कित्ता सेयर मात्र खरिद गरेको छ ।

१० कित्ता सेयरको आडमा जबरजस्ती सेयरमूल्य बढाउन खोजिँदा त्यसको असर आम लगानीकर्तामा परेको छ । सोमबार माथिल्लो बिन्दुमा सेयर कारोबार गराउँदै आफुसँग भएको सेयर बेच्ने योजनाका साथ १० कित्ता सेयरको आडमा मूल्य बढाउन खाजेको पछिल्ला दिनको कारोबार शैलीले देखाएको छ ।

यस क्रममा केही दिन भित्रमा ४३ नम्बर दलालकोबाट भारी मात्रामा टेलिकमको सेयर बिक्रीमा आएको खण्डमा लगानीकर्ता आश्चर्यमा पर्नुपर्ने अवस्था रहन्न ।

 

 

आइतबार टेलिकमको दोस्रो धेरै सेयर अर्थात १ हजार ८ सय ५९ कित्ता सेयर २८ नम्बरले किनेको छ । माथि उल्लेख गरेको अन्तिम कारोबारमा २८ नम्बरले १० कित्ता सेयर ६ रुपैयाँ मूल्य बढाएर ४३ नम्बरलाई बेचेको फ्लोरसिटमा प्रष्ट देखिन्छ । यस अर्थमा २८ नम्बर र ४३ नम्बर मिलेर संयुक्त रुपमा टेलिकमको सेयरमा खेल्ने प्रयत्न गरिरहेका छन् ।

उता बिहीबार टेलिकमको धेरै सेयर किनेको ५९ नम्बर ब्रोकरले आइतबार पनि कारोबारमा आएका ५ हजार २६४ कित्ता सेयरमध्ये १ हजार ८७५ कित्ता सेयर खरिद गरेको देखिन्छ । बिहीबार पनि ५९ ले अधिक सेयर किनेको थियो । यस क्रमममा आइतबार भने टेलिकमको सेयर मूल्य बिहीबारको तुलनामा ९ रुपैयाँले घटेको छ ।

अहिले ४३ नम्बरले टेलिकमको सेयरमूल्य बढाउन बल गरिरहँदा ७ नम्बर भने १० कित्ता तथा ५० कित्तासम्मको कारोबारबाट टेलिकमको सेयरमूल्य घटाउने ध्याउन्नमा रहेको फ्लोरसिटले देखाउँछ । यहि क्रम चल्ने हो भने केही दिनमा ५९ नम्बर पनि सेयरमूल्य बढाउने 'रेस' मा निस्किने निश्चित छ । जसरी अहिले २८ नम्बर र ४३ नम्बरले टेलिकमको सेयर मूल्य बढाउन भरपुर खेल खेलिरहेका छन् ।

यसरी बजारलाई लगानीकर्ताको स्वविबेकका आधारमा चल्न नदिई सिमित स्थानबाट चलाइन खोज्नु नै अहिलेको दुर्भाग्य हो । एकथरी विभिन्न कम्पनीको सेयर मूल्य जसरी पनि बढाउने पक्षमा हुनु अनि अर्को थरी त्यही सेयरमूल्यलाई घटाउने होडमा उत्रिनुले लगानीकर्ता बजारमा कारोबार गर्न सक्ने अवस्था छैनन् । यसमा धितोपत्र बोर्डका साथै लगानीकर्ताका व्यगरलती खुलेका संघ संस्था अनि सम्बद्ध सबै पक्षले ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

...[यस्तो खेलले टिक्न सकिरहेको छैन बजार, दोष कस्को ?]...

बिहीबार पनि टेलिकमको सेयरमा यस्तै खेल चलेको थियो । टेलिकमको सेयर एउटा उदाहरण मात्र हो । आफ्नो स्वार्थ अनुकुल रुपमा बजारमा विभिन्न कम्पनीका सेयरहरुमा यस किसिमका अस्वभाविक कृयाकलापहरु नियमित रुपमा भैरहेका छन् ।

यसको लेखाजोखाको जिम्मा धितोपत्र बोर्डलाई । किनकी बजारको सर्वोच्च नियमनकारी निकाय धितोपत्र बोर्ड नै हो । बोर्डले यस्ता अस्वस्थ कृयाकलापलाई नियन्त्रण गर्ने पहल गर्ने हो भने आम लगानीकर्ता बजारप्रति आशावादी हुन सक्नेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।