निकट भविष्यमा नै यस्ता पोलिसी संचालन ल्याउने अध्यक्ष चापागाँइले जानकारी गराए । आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै यस क्षेत्रमा उत्तिकै मात्रामा जोखिम समेत बढ्दै गएकाले साइबर रिक्स पोलिसी आवश्यक रहेकोे उनको भनाई छ ।
विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) सम्मेलनले नेपालको बीमा क्षेत्रको विस्तार तथा प्राकृति प्रकोपको न्युनिकरण गर्न सहयोग पुग्ने समितिका अध्यक्ष चापागाँइको दाबी छ ।
उनले भने, 'यस सम्मेलनले बीमा क्षेत्रको विस्तार तथा प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्न र बीमालेखहरुको रिभ्यु गर्न सहयोग पुग्नेछ ।’ यस्तै गत आर्थिक वर्ष सम्ममा २२ अर्बको निर्जीवन र ५१ अर्बको जीवन गरी हाल कायम कुल ७३ अर्बको बीमा व्यवसायको आकारमा थप टेवा पुग्ने उनको दाबी छ ।
एआईआरडीसी सम्मेलन आगामी असोज ९ र १० गते एआईआरडीसी, बीमा समिति र बीमक संघको संयुक्त आयोजनामा काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने आयोजकले जनाएको छ ।
नेपालमा हुने उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब दुई सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने आयोजक नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले जानकारी गराए ।
सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने प्राकृतिक विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ । यस्तै नेपालको पर्यटन व्यवसायको विस्तारमा पनि टेवा पुग्ने आयोजकको दाबी छ ।