गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी

Sep 11, 2018 Merolagani

सरकारले गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नाडा अटो शो को उद्घाटनका क्रममा उक्त जानकारी दिएका हुन् । साथै उनले सवारी साधनका नक्कली पार्टपूर्जाहरुको आयातमा कडाई गर्ने घोषणा समेत गरेका छन् ।

 

उद्योगलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्री खतिवडाले जानकारी गराए ।

उद्योग पुनः सञ्चालनका लागि अध्ययन गर्न गठित उद्योग मन्त्रालयअन्तर्गतको अध्ययन टोलीले सो उद्योग पुनः सञ्चालन गर्न नहुने सुझाव दिएको थियो । तर सरकारले भने सो उद्योग पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

०७१ चैत २६ यता उद्योगले टायर उत्पादन गर्न सकेको छैन । गोरखा नगरपालिका ७ को देउरालीमा ६ सय ८२ रोपनी क्षेत्रफलमा उद्योग छ । कारखानामा २ सय ४१ मजदुर–कर्मचारी छन।उद्योगको उत्पादन ठप्प भएदेखि कर्मचारीहरूले तलबसमेत पाउन सकेका छैनन् । तर ती कर्मचारीले कार्यालयमा उपस्थिति हाजिर भने लाउने गरेका छन् ।

कर्मचारी, तलब–भत्तासहित उद्योगको सञ्चित नोक्सानी १ अर्ब ६० करोड रुपैयाँ नाघिसकेको छ । तत्काल उद्योग सञ्चालन गर्न कम्तीमा ५५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान उद्योग मन्त्रालयको छ । मेसिन अपग्रेड गर्न मात्र २ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगले मुलुकमै पहिलोपटक ०४९ मंसिर २९ मा टायर उत्पादन थालेको थियो ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा भारतबाट मात्रै करिब चार अर्ब बराबरको टायर आयात भएको छ । भारतपछि नेपालमा ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रने गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।