एनआईसी एशियाकोे ऋणपत्र सबै बिक्यो, आवेदन गर्ने आज अन्तिम दिन

Sep 12, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले जारी गरेको एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र (डिवेन्चर) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले आवश्यक भन्दा बढी आवेदन परेपछि बुधबार बैकिंङ समयभित्र सम्म मात्र आवेदन गर्न सकिने जनाएको छ ।

बैंकले यसअघि छिटोमा भदौ २५ गते तथा त्यस अवधिमा आवश्यक आवेदन नपरेमा ढिलोमा असोज १९ गतेसम्म बिक्री खुला गर्ने बताएको थियो ।

’११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२र८३’ नाम दिइएको उक्त ऋणपत्र बैंकले बार्षिक ११ प्रतिशत ब्याजदरमा जारी गरेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा १८ लाख ३० हजार कित्ता बराबरको एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।

निष्काशन हुने कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ बराबरको तीन लाख ६६ हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ६४ हजार कित्ता व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । यसमध्ये १८ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । तीन लाख ४७ हजार ७०० कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । बैंकले ऋणपत्रमा आर्जित ब्याजदर पहिलो पटक माघ महिनाको १ गते तथा दोस्रो पटक साउन १ गते भुक्तानी गर्ने जनाएको छ ।

बैंकले ऋणपत्र फिर्ता भुक्तानीका लागि बैंकको नाफा नोक्सान हिसाब खाताबाट प्रत्येक बर्ष २६ करोड १४ लाख २८ हजार ५७१ रुपैयाँका दरले हुन आउने रकम ऋणपत्र भुक्तानी जगेडा कोष स्थापना गरेर रकमान्तर गर्दै जाने जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई प्रदान गरेको छ । हाल बैंकमा बचत खाताको ब्याजदर ६ प्रतिशत हाराहारीमा रहेको अवस्था छ ।
इच्छुक लगानीकर्ताले ऋणपत्रमा २५ कितादेखि निष्काशन हुने अधिकतम कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

यस अगाडि बैंकले ९ प्रतिशत वार्षिक व्याजदरमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता तथा ७.२५ प्रतिशत बार्षिक ब्याजदरमा ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरिसकेको छ । तेश्रो निष्काशनसँगै बैंकले जारी गरेको ऋणपत्रको कूल आकार पाँच अर्ब ३३ करोड रूपैयाँ पुग्नेछ ।

एनआईसी एशिया बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउन तथा बैंकको प्रबन्धपत्रमा उल्लेख गरिएको उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिने पनि बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।