ऋण लिएर गाडी नचढ्न अर्थमन्त्रीको सुझाब, बैंकहरु भने धमाधम नयाँ योजना सार्वजनिक गर्दै

Sep 12, 2018 Merolagani

राजधानीमा बर्षेनी आयोजना हुने सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो २०१८ को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने,:- 'पैसा हुनेले गाडी चढ्ने हो, ऋण लिएर नचढ्नुहोस् ।' अर्थमन्त्रीले यसो भनिरहँदा बैंकहरु बीच भने गाडी कर्जाका नयाँ-नयाँ योजना सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको छ ।

नाडा अटो शो को उद्घाटनका क्रममा अर्थमन्त्री खतिवडाले ऋण लिएर गाडी चढ्दा व्यक्ति र देश दुबैलाई फाइदा नहुने बताएका थिए । आम्दानी र क्षमताको आधारित उपभोग्य वस्तु निर्धारण हुनुपर्ने उनको भनाई थियो ।

यता बैंकहरुले भने अटो लोनको लागि आर्कषक योजनाहरु सार्वजनिक गरेका छन् । बैंकहरुले न्युनतम ३५ प्रतिशतसम्म डाउन पेमेन्ट गरेपछि सहज रुपमा गाडीको मूल्यको ६५ प्रतिशतसम्म अटो लोन प्राप्त गर्न सकिने योजनाहरु अघि सारेका छन् ।

नेपालमा गाडी चढ्नेहरुमध्ये करिब ९० प्रतिशतले बैंकबाट ऋण लिएर गाडी किन्ने गरेको पाईएको छ । यस्तो अवस्थामा ग्राहकहरुले अर्थमन्त्रीको सुझाब मान्लान् वा नमान्लान् त्यो भने हेर्न बाँकी नै छ ।

यता बैंकहरुले भने सवारी साधानहरुको कुम्भ मेलाकै अवसर पारेर गाडी कर्जाका आर्कषक योजनाहरु सार्वजनिक गर्न थालेका छन् ।

बैंकहरु बीच न्युतनम व्याजदरमा अन्य सेवा सुविधा सहित कर्जा दिन तिब्र प्रतिस्पर्धा नै चलेको छ । बैंकहरुले करिब १० प्रतिशत ब्याजदरको हाराहरीमा अटो लोन दिएको पाइन्छ । ऋण स्कीमको आाधारमा ५ वर्षे, १० वर्षे तथा १५ वर्षे समयवधिका कर्जा बढी प्रचलनमा रहेका छन् ।

गत आर्थिक वर्षमा मात्रै बैंकहरुले पौने दुई खर्ब रुपैयाँ यस्तो कर्जा परिचालन गरेका थिए ।

यस्ता छन् बैंकहरुका सवारी कर्जा योजना

एनआईसीको चमत्कारिक सवारी कर्जा

“एन.आई.सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । मासिक ब्याजदर ०.९ प्रतिशतमा अधिकतम १५ बर्षसम्मको लागि कर्जा लिन सकिने व्यवस्था छ ।

न्युनतम मासिक ११ हजार रुपैयाँ मात्रै तिर्न गरी ऋण उपल्बध हुन्छ । यस्ता तुरुन्तै कर्जा स्वीकृति प्राप्त गर्न सकिन्छ । घर जग्गा र सवारी दुबै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले सवारी साधानहरुमा कर्जा लगनी गर्दा वार्षिक १०.५० प्रतिशत व्याजदरमा कर्जा उपल्बध गराउने भएको छ । १२ वर्ष सम्मको लागि सरल किस्तावन्दीमा कर्जा लिन गरिमा बैंक र टोयोटा व्राण्डका आधिकारी विक्रेता युनाईटेड टेर्डस विच सम्झौता भएको छ ।

बैंकवाट कुनै सवारी साधानको ३५ प्रतिशत खरिद मुल्य तिरेपछि बाँकि ६५ प्रतिशत कर्जा प्रदान गर्दछ । त्यस अनुरुप सवारी साधानको मुल्यको आधारमा न्युन्तम २९ हजार मासिक किस्तामा सवारी साधान खरिद गर्न सकिन्छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि अटो लोनमा नयाँ योजना ल्याएको छ । बैंकले ७ वर्ष अवधिसम्मको ९.९९ प्रतिशत ब्याजदर कर्जा दिने भएको हो । बैंकले अन्य सेवा तथा शर्तहरु भने राष्ट्र बैंकले तोके अनुसारको हुने जनाएको छ ।

सानिमा बैंक 

'सानिमा बैंक तपाईको गाडी चढ्ने सपना सानिमा बैंकले गर्छ पुरा’ भन्ने नाराका साथ अटो लोनको स्कीम ल्याएको छ । बैंकले सीमीत अवधिको लागि आर्कषक ब्याजदरमा कर्जा योजना ल्याएको हो । व्याजदर उल्लेख नगरिए पनि बैंकले सेवा शुल्कमा बिशेष छुट सहित ९ वर्षसम्मको लागि कर्जा प्रदान गर्ने जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले पनि नयाँ निजी सवारी साधानका लागि ६ वर्ष अवधिको लागि ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । यस्तै पुरानो सवारी साधानको लागि पनि कर्जाको सुबिधा दिएको छ । आकर्षक ब्याजदरमा सहज कर्जा प्रदान गरीने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले ७ वर्षसममको लागि कर्जा दिने जनाएको छ । बैंकले पुरानो वा नयाँ दुबै सवारी साधनका लागि अटोलोन उपलब्ध गराउने छ । राष्ट्र बैंकको नियम अनुसार अाधार ब्याजदर (बेस रेट) मा अधिकतम ५ प्रतिशत प्रिमियम लिने जानकारी बैंकले दिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ वर्ष अवधिको लागि ९.४९ प्रतिशतसम्ममा नै अटो लोन उपलब्ध गराउने जनाएको छ । यसका लागि प्रोसेसिङ शुल्क १ प्रतिशत लाग्ने बैंकले जनाएको छ । ट्रम लोनको रुपमा रहेको यो योजना निश्चत अवधि पछि समाप्त हुनेछ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोनका लागि नयाँ योजना ल्याएको छ । बैंकले आधार दरमा ०.५ प्रतिशतमात्रै प्रिमियम थप गरेर अटोलोन उपलब्ध गराउने भएको हो ।

अधिकतम १० वर्ष सम्मको लागि प्रदान गरिने कर्जाका लागि प्रोसेसिङ वापत १ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।