स्वरोजगार लघुवित्तको बुकक्लोज,असाेज ५ गतेपछि सेयर किन्नेले बाेनस नपाउने

Sep 12, 2018 Merolagani

स्वरोजगार लघुवित्त कम्पनी (SLBBL) गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर वितरणका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ ।

आगामी असोज २० गते लघुवित्त कम्पनीले डाकेको दशौं बार्षिक साधारण सभाका लागि असोज ५ गतेदेखि सेयर नामसारी दाखिल खारेज दर्ता बन्द रहने जनाएको छ । 

यसअनुसार असोज ४ गते बिहीबारसम्म कायम रहेका सेयरधनीहरुले मात्र बोनस सेयर प्राप्त गर्नेछन् । असोज ५ पछि सेयर किनेर सेयरधनी बन्ने लगानीकर्ताले भने बोनस पाउँदैनन् ।

स्वरोजगारको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको कमाईबाट २० प्रतिशत अर्थात दुई करोड ४४ लाख ९९ हजार ५५२ रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश अर्थात १२ लाख ८९ हजार ४५० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल १२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी लघुवित्तको बोनसपछि चुक्ता पूँजी १४ करोड ६९ लाख पुग्नेछ । सो लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

लघुवित्तले गत आर्थिक बर्षमा तीन करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।