पोखरा पर्वत सुरुङमार्ग चार वर्षभित्रै तयार गरिने

Sep 12, 2018 Merolagani

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तीजको अवसरमा पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले अबको चार वर्षभित्रमा पूर्णरुपमा सम्पन्न गर्ने तयारीमा रहेको बताए । 

पर्वत लगायत साविक धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सुरुङ मार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको उनकाे भनार्इ थियाे ।

नेपालको मुख्य पर्यटकीय हबका रुपमा विकास हुँदै गएको पोखरामा आउने आन्तरिक पर्यटकलाई अन्य जिल्लामा पनि पु¥याउनका लागि २०० सुविधा सम्पन्न होटल स्थापना गर्नेतर्फ पनि प्रदेश सरकार लागिपरेको बताए । उनले पाँच वर्षभित्रमा ३०० घरबास सेवा तयार गरिने उल्लेख गरे ।

मन्त्री लम्सालले पोखरालाई ग्रेटर सिटी र अन्य आपसापका जिल्लालाई स्याटलाइट सिटीका रुपमा विकास गर्ने गरी प्रदेशले बजेट तथा नीति तयार गरेको बताए । उनले गण्डकी प्रदेशले सुरुङ मार्गको योजनालाई प्राथमिकतमा राखेको बताए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।