सिक्काको दुरुपयोग बढ्दै, मुलुकी ऐन कसिलो भएन

Sep 12, 2018 RSS

नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन । नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् ।

राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि मुलुकी फौजदारी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए पनि ठूलो गल्ती गर्दा समेत सामान्य जरिवाना वा सजाय तोकिएको छ । जसका कारण सिक्काको दुरुपयोग घटेको छैन ।

पहिला–पहिला केही समुदायका व्यक्तिले सिक्का छेडेर माला लगाउने चलन रहेको भए पनि पछिल्ला समय युवतीहरुले सिक्का हातमा औँंठी बनाएर लगाउने चलन बढ्न थालेको हो ।

‘भिजिट नेपाल’ लेखेको पित्तलको सिक्का अहिले बजारमा लोप भएको छ । विगत वर्षदेखि भिजिट नेपाल लेखेका एक रुपैयाँ, दुई रुपैयाँ र पाँच रुपैयाँका सिक्कामा खुट्टामा राखेर औँठी लगाउने शोख बढेसँगै यी सिक्का हराउन थालेका हुन् ।

सामान्यतः अहिले बजारमा पित्तलको पहेँलो कलरमा रहेका भिजिट नेपाल लेखिएका सिक्का पाइन छाडेका छन् । केही महिलाले हातमा तिनै भिजिट नेपाल लेखिएका औंठी फेसनको रुपमा लगाएको देखिएको छ ।

कानून फितलो भएका कारण पछिल्लो समयमा नोटमा केरमेट गर्ने, नाम, ठेगाना उल्लेख गर्ने गरेको पनि देखिन्छ । नोटमा केरमेट गर्नेलाई समेत मुलुकी (संहिता) ऐनमा दण्ड जरिवाना गर्ने व्यवस्था छ ।

मुलुकी ऐनमा के छ व्यवस्था ?

नेपालको नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) ऐन को दफा २६३ मा बैंक, नोट वा सिक्का जलाउन, गाल्न, च्याप्न, लेख्न नहुने उल्लेख गरेको छ, भने सोही दफामा त्यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना हुने उल्लेख छ । सोही दफामा नोट वा सिक्का बिगार्नेलाई एक वर्षसम्म मुद्दा लाग्नेसमेत उल्लेख गरेको छ ।

नोट वा सिक्का बिगारेको वा गालेको, पोलेको पाइएमा कानूनी कारवाही गर्ने व्यवस्था भएको अधिवक्ता विश्वराज पाण्डेयले बताए । उनका अनुसार नेपाल राष्ट्र बैंकले नोट तथा मुद्रा संरक्षण सम्बन्धी विभिन्न समयमा जारी गरेका निर्देशिकाप्रति ध्यान जान नसकेको कारण नोट तथा मुद्राको दुरुपयोग बढ्दै गएको हो ।

comments powered by Disqus

हरेक नेपालीलार्इ शेयरधनी बनाउन ३५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

Sep 25, 2018

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।