स्टक ब्रोकर्स एसोसियसनले असोज १२ गते साधारण सभा गर्ने

Sep 13, 2018 Merolagani

सेयर दलालहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसियसन अफ नेपाल (SBAON) ले आगामी असोज १२ गते साधारण सभा गर्ने भएको छ । 

भदौ २५ गते सम्पन्न कार्यसमिति बैंठकले संघको कार्यालय पुतलिसडकमा दिउँसो १ बजे सभा आह्वान गरेको हो । 

सभाका एजेण्डाहरुमा कार्य समिति निर्वाचन गर्ने, आर्थिक बर्ष २०७५।७६ का लागि लेखापरिक्षक नियुक्ति, र आर्थिक बर्ष २०७४/७५ को वासलात, आयव्यय हिसाब सहित आर्थिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने लगायतका रहेको छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।