मुक्तिनाथ विकास बैंकको बोनस सामान्य घट्यो, चुक्ता पूँजी ३ अर्ब नाघ्ने

Sep 13, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को बोनस सामान्य घटेको छ । गत बर्षको कमाईबाट बैंकले आफ्नो शेयरधनीहरुलाई १८.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो बर्ष बैंकले २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

बैंकले हाल कायम रहेको चुक्ता पूँजी दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँको १८.२५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने ०.९६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

 

बैंकले बोनस वापत ४७ करोड २९ लाख ९६ हजार ८०६ रुपैयाँ तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि दुई करोड ४८ लाख ९४ हजार ५६९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअनुसार बैंकले कूल ४९ करोड ७८ लाख ९१ हजार ३७५ रुपैयाँ लाभांशमा खर्च गर्नेछ ।

गत आर्थिक बर्षमा मुक्तिनाथले १८.१९ प्रतिशतले खुद नाफा बढाएर ५७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २० पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।