सप्तकोशीले अघिल्लो बर्ष ४.७८ प्रतिशत बोनस वितरण गरेको थियो भने त्यसअघि ११ प्रतिशत बोनस बाँडेको थियो ।
बैंकको सञ्चालक समितिको १३३ औं बैठकले बोनस वापत एक करोड ५२ लाख ५५ हजार ३०० रुपैयाँ र बोनसमा लाग्ने कर प्रयोजनका लागि बैंकले दुई करोड ५६ लाख १० हजार ५८३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
बैंकले कूल ४ कराेड ८ लाख ६५ हजार ८८३ रूपैयाँ लाभांशमा खर्च गर्नेछ । याे लाभांश रकम गत अार्थिक बर्षमा कमाएकाे खुद नाफाभन्दा ३७ लाख ९० हजार बढी हाे ।
राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेको बैंकको चुक्ता पूँजी ५० करोड ८५ लाख १० हजार रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७४/७५ को बोनस पश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ३७ लाख ६५ हजार ३०० रुपैयाँ पुग्नेछ ।
बैंक सञ्चालक समितिले भदाै २७ गते बुधबार प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।
गत आर्थिक बर्षमा बैंकले तीन करोड ७० लाख ७५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । सञ्चित जगेडा कोष र गत आर्थिक बर्षको नाफाबाट बैंकले सो बोनस घोषणा गरेको हो । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २९ पैसा रहेको छ ।