बैंकिङ्गले बढायाे नेप्से सूचक र कारोबार, १७ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

Sep 13, 2018 Merolagani

साताको अन्तिम दिन बिहीबार बैंकिङ्ग उप-समूहमा उच्च कारोबार भएपश्चात नेप्से सूचक र कारोबार रकम दुबै सातामै उच्च वृद्धि भएकाे छ । आइतबार र सोमबार गिरावट देखिएको सूचक पछिल्लो तीन कारोबार दिनमा बढ्दो क्रममा देखिएको हो । बुधबारकाे तुलनामा बिहीबार काराेबार रकम २९ कराेड ६९ लाखले बढेकाे छ ।

कूल ७२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा बैंकिङ्गको मात्र ४८ करोड ८४ लाखको कारोबार भएको छ । जुन कूल काराेबारकाे ६६.९३ प्रतिशत हाे ।

वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने मिति नजिकिँदै गरेको समयमा बजार बढेकाले बजारले अब भने केही स्थायीत्व प्राप्त गर्नसक्ने लगानीकर्ताको अपेक्षा छ ।

विकास बैंक उप-समूहमा ५ करोड ८ लाख, लघुवित्तमा ४ करोड ४८ लाखको कारोबार भएको छ भने निर्जीवन बीमा, जीवन बीमा, जलविद्युत समूहमा पनि दुई करोड बढीको कारोबार भएको छ ।

कारोबारमा आएका दश उप समूहमध्ये निर्जीवन बीमा, जीवन बीमा र लघुवित्तको इन्डेक्स घटेको छ भने बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशशोधन र अन्यको इन्डेक्स सुधारिएकान छन् । होटलको इन्डेक्स ३२.१९ अंकले बढोत्तरी देखिएपनि प्रतिशतको हिसाबले अन्यको इन्डेक्स ३ प्रतिशतले बढेको छ ।

 

सूचक बढेसँगै लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण बिहीबार एकै दिनमा १७ अर्बले बढेर १४ खर्ब ८२ अर्ब कायम भएको छ । मंगलबार बजार पूँजीकरण १४ खर्ब ६५ अर्ब रहेको थियो ।

बिहीबारकाे सेयर बजारमा नेपाल सेवा लघुवित्तका सेयरधनीले सबैभन्दा धरै ९.७७ प्रतिशतले नाफा आर्जन गर्दा तिनाउ विकास बैंक, मेगा बैंक, र सेञ्चुरी बैंकका सेयरधनीले करिब ७ प्रतिशत नाफा कमाएका छन् ।

एनसीसी बैंक, प्रभु बैंक, सिभिल लघुवित्त,पूर्णिमा विकास बैंक, कन्काई विकास बैंक र माछापुच्छ्रे बैंकको सेयरमुल्य पनि बिहीबार ४ प्रतिशत बढीले बढोत्तरी भएको छ ।

आज भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.५४ प्रतिशतले गुमाउँदा लक्ष्मी लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य पनि ३ प्रतिशतले अवमूल्यन भएको छ ।

युनाइटेड मोदी, सिनर्जी पावर, हिमालयन डिष्ट्रलरी,कामना सेवा विकास बैंक, मिर्मिरे लघुवित्त, रिडी र नेशनल हाइड्रोपावरको सेयरमूल्य पनि दुई प्रतिशत बढीले घटेको छ ।

बिहीबार नेप्सेले साताको सबैभन्दा बढी १४.१३ अंकले बढेर १२४४.८४ बिन्दुकाे उचाई चुमेको छ । आइतबार १२२९.७७ अंकमा खुलेको नेप्से सो दिन १०.७९ अंक र सोमबार ८.१० अंकले घटेको थियो । त्यसपछि मंगलबार ६.७७ र बुधबार १३.०६ अंकले बढेको थियो । बिहीबार सहित सातामा नेप्से सूचक १५.०७ अंकले बढाेत्तरी भएकाे छ ।

साताको अन्तिम दिन उच्च कित्ता सेयर कारोबार समेत भएको छ । यसदिन १७३ कम्पनीको २७ लाख ११ लाख ११० कित्ता सेयर खरिद बिक्री भएको छ ।

शिर्ष कारोबार गर्ने १० कम्पनीमध्ये सबै वाणिज्य बैंक रहेका छन् ।

सबैभन्दा धेरै कारोबार भएको एनएमबि बैंकको एक लाख ७२ हजार ३२२ कित्ता सेयर ५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

धेरै कित्ता कारोबारे प्रभु बैंकको एक लाख ७३ हजार ५१७ कित्ता सेयर कारोबार भयो । बैंकको ३ करोड ६१ लाख बराबरको सेयर खरिद बिक्री भयो ।

त्यसैगरि एनआईसी एशिया बैंकको ५ करोड ४९ लाख, प्राइम २ करोड ९८ लाख, जनता दुई करोड ९७ लाख, मेगा २ करोड ७७ लाख, एनसीसी २ करोड ४३ लाख, माछापुच्छ्रे. २ करोड ३८ लाख, कुमारी २ करोड ३६ लाख र नेपाल बंगलादेश बैंकको २ करोड ३३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।