तारागाउँ रिजेन्सी होटल्सकाे नाफा घट्ने कारण यस्ता

Sep 14, 2018 Merolagani

तारागाउँ रिजेन्सी होटल्स (TRH) को गत अार्थिक बर्षमा कूल बिक्री २.८५ प्रतिशतले सुधार आउँदा नाफा ८.४४ प्रतिशतले घटेको छ । कम्पनीकाे अाय १४२ कराेडबाट पाँच कराेड बढेर १४७ कराेड पुगेपनि खुद नाफा भने २८ कराेड ७ लाखबाट दुई करोड ३७ लाख रुपैयाँले घटेर २५ कराेड ७० लाखमा खुम्चिएकाे छ ।

गत आर्थिक बर्षमा कम्पनीले एक अर्ब ३२ करोड २३ लाख रुपैयाँ सञ्चालन आम्दानी र अन्य बिजनेसबाट १४ करोड ७८ लाख गरि कूल एक अर्ब ४७ करोड कूल आम्दानी गरेको छ । 

अघिल्लो बर्ष कम्पनीले एक अर्ब २६ करोड ७५ लाख सञ्चालन आम्दानी र अन्य बिजनेशबाट १६ करोड २० लाखख रुपैयाँ गरि कूल एक अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी पाँच करोड बढी रुपैयाँले वृद्धि भएको छ ।

हाेटल्सले आम्दानी सामान्य मात्र बढ्नुमा यस अवधिमा होटलको व्याङ्क्वेट हल र मिटिङ्ग हलको संरचना परिवर्तन र निमार्णका लागि बन्द हुने कारण देखाएकाे छ । त्यस्तै प्रशासनिक, साधारण तथा अन्य सञ्चालन खर्च समेत बढेकाले नाफा घटेको उसकाे दाबी छ । 

तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा २५ करोड ७० लाख रुपैयाँ मात्रै नाफा गरेको छ जबकी अघिल्लो आवमा २८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा दुई करोड ३७ लाख रुपैयाँले ह्रास आएको हो ।

कम्पनीको खर्च लागत अघिल्लो बर्ष ३७ करोड ८४ लाख ७३ हजार रहेकोमा ४० करोड ९६ लाख एक हजार पुगेको छ । कम्पनी ग्रस प्रोफिट ८८ करोड ९० लाखबाट ९१ करोड २७ लाखमा बढेको छ । खर्च बढ्दा समग्र नाफा भने घटेको हो ।

होटल्सको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख र जगेडा कोषमा ४३ करोड ३ लाख १३ हजार रुपैयाँ सञ्चित छ ।कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा, प्रति शेयर नेटवर्थ १२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.११ गुणाले बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।