नेप्सेको साप्ताहिक रिर्पोटमा बर्षौदेखि त्रुटी, आइतबारको इण्डेक्स गणना खै ?

Sep 14, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले प्रत्येक साताको शुक्रबार सार्वजनिक गर्ने साप्ताहिक रिर्पोटमा गम्भिर त्रुटी हुने गरेको छ । नेप्सेले साप्ताहिक रुपमा सार्वजनिक गर्ने रिर्पोटमा प्रत्येक आइतबार बजारमा आएको परिवर्तन समावेश गर्ने गरेको छैन । जसले साप्ताहिक बजारको वास्तविक अवस्था लगानीकर्ताले थाहा पाउन सकिरहेका छैनन् ।

विभिन्न सञ्चार माध्यमले पनि नेप्सेले आफ्नो वेबसाइटमा राख्ने गरेको साप्ताहिक विबरणका आधारमा खबर सम्प्रेषण गर्दै आएका छन् । जसले गर्दा आम लगानीकर्ता नेप्सेमा  हुने साताभरीको वास्तविक उतार-चढाव थाहा पाउनबाट बञ्चित भईरहेका छन् ।

यो साताको पहिलो दिन अर्थात भदौ २४ गते आइतबार सेयर बजार परिसूचक नेप्से १० दशमलव ७९ अंकले घटेको थियो। नेप्सेले आज अर्थात भदौ २९ गते शुक्रबार सार्वजनिक गरेको साप्ताहिक रिर्पोटमा भदौ २२ गते शुक्रबारदेखि हिजो अर्थात भदौ २८ गते बिहीबारसम्मको सूचक समावेश गरिएको भनेको छ ।

तर आइतबार बजार बन्द भएपछिको नेप्सेको विबरणका आधारमा सोमबारदेखि मात्र बजारको उतार-चढाव समायोजन भएको रिर्पोटमा प्रष्ट देख्न सकिन्छ । त्यसपछि बिहीबारसम्मको अवस्था समायोजन गरिए पनि आइतबार बजारमा आएको परिवर्तन रिर्पोटमा समायोजन नहुँदा बजारको वास्तविक अवस्था लगानीकर्तासम्म पुग्न नसकेको हो । आइतबारको घटबढ बाहेकको गलत विबरण सर्वसाधारणका बीचमा प्रवाह भैरहेको छ ।

नेप्सेले आफ्नो वेबसाइटमा राखेको साप्ताहिक रिर्पोटमा साता भरीमा आएको परिवर्तनको विबरणलाई हेरौं । जहाँ उसले आइतबार बजार बन्द भएको सूचकदेखि मात्र गणना सुरु गरेको छ ।

यहाँ हामीले अघिल्लो बिहीबारको अन्तिम बिन्दुदेखि भदौ २८ गते बिहीबार सम्म नेप्सेमा आएको परिवर्तनको सबै तथ्याङ्कका आधारमा साताभरीमा आएको परिवर्तनलाई पनि देखाएका छौं । अघिल्लो बिहीबारको अन्तिम बिन्दु राख्दा मात्र आइतबारको बजारको परिवर्तन पनि समायोजन हुन्छ ।

 

साप्ताहिक रिपोर्टमा नेप्सेले आइतबार अर्थात एक दिनको उतार-चढाव गणना नगर्दा वास्तविक उतार-चढाव जानकारी गराउन नसकेको प्रष्ट हुन्छ । जहाँ अघिल्लो बिहीबारको नेप्सेको अन्तिम सूचकबाट साताको उतारचढाव गणना थाल्नु पर्नेमा नेप्सेले आइतबारको अन्तिम विन्दुदेखि सूचक गणना सुरु गरेको छ ।

आइतबार बजारमा आएको १० दशमलव ७९ अंकको गिरावट समायोजन नहुँदा यो साता नेप्से सूचक २५ दशमलव ८६ अंकले माथि चढेको नेप्सेको साप्ताहिक रिपार्टमा उल्लेख छ । तर वास्तवमा नेप्से परिसूचक साताभरीमा १५ दशमलव ०७ अंकले मात्र माथि चढेको छ ।

यति मात्र नभई नेप्सेले साप्ताहिक रिपार्टमा उल्लेख गर्ने ११ उपसमुहको तथ्याङ्कका साथै सेन्सेटिभ इन्डेक्सको तथ्याङ्कमा पनि प्रत्येक साताको आइतबारको परिवर्तन समावेश गरेको छैन ।

आइतबार अधिकांश सूचकमा भारी गिरावट आएको थियो ।

उक्त गिरावटको गणना नगरेका कारण नेप्सेको साप्ताहिक रिपोर्टमा जलविद्युत समुहमा झिनो सुधार भएको नेप्सेको रिर्पोटमा उल्लेख छ । तर साताभरीमा जलविद्युत समुहमा १२ दशमलव ९९ अंकले गिरावट आएको छ ।

त्यसै गरी अरु सबै सूचकमा नेप्सेले सही तथ्यांक राखेको छैन । जसले नेप्सेको रिपोर्टमा भन्दा वास्तविकतामा धेरै अन्तर रहेको देखाउँछ । जसलाई तथ्यमा यसरी हेर्न सकिन्छ । उल्लेखित तालिकाको अन्तिमको हरीयो रंग लगाइएको स्थानको अवस्था वास्तविक हो भने त्यसभन्दा माथिल्लो लाइनमा नेप्सेले उल्लेख गरेको गलत विबरण उल्लेख छ ।

यति मात्र नभई नेप्सेले शुक्रबार सार्वजनिक गरेको साताभरीको कारोबार भएको सेयर संख्याको विबरण पनि गलत छ । साता भरीमा जम्मा ७६ लाख ४९ हजार ८७० कित्ता सेयर कारोबारमा आएकोमा नेप्सेले १ करोड २ लाख ५५ हजार ६० कित्ता सेयरहरु कारोबार भएको उल्लेख गरेको छ ।

नेप्सेले सार्वजनिक गर्ने साप्ताहिक विबरणमा पहिलो पटक यस्तो गल्ती भएको हैन । जहिलेदेखि नेप्सेले साप्ताहिक विबरण सार्वजनिक गर्न थाल्यो, त्यसै बेलादेखि यस्तै विबरण सार्वजनिक गर्दै आएको थियो । अझै पनि यस्तै शैलीमा साप्ताहिक रिपोर्ट सार्वजनिक हुने हो भने बजार बढ्दा वा घट्दा साताभरीमा धेरै असर परेको विबरण आईरहने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।