आरएसडिसीको लिलामी सेयरको कटअफ: बजार मूल्यभन्दा ५४ रुपैयाँ कम निर्धारण

Sep 14, 2018 Merolagani

आरएसडिसी लघुवित्त (RSDC) को लिलामी सेयर शुक्रबार बिहान बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा खुला गरिएको छ । 

बिक्री प्रबन्धकले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार साधारण शेयरको कटअफ ४४० रुपैयाँ र संस्थापक शेयरको कटअफ १०१ रुपैयाँ कायम भएको छ । 

भदौ २८ गते बिहीबार लघुवित्तको साधारण सेयर प्रतिकित्ता ४९४ रुपैयाँमा कारोबार भएको छ । यस अनुसार लिलामी सेयरको कटअफ बजार मूल्यभन्दा १०.९३ प्रतिशत अर्थात ५४ रुपैयाँ कम निर्धारण भएको हो ।

क्यापिटलका अनुसार लिलामीको साधारण सेयरमा ८४० वटा र संस्थापक सेयरको लागि ३७ आबेदन परेका थिए ।

कम्पनीको लिलामीको सर्वसाधारण सेयरमा न्यूनतम एक सय कित्ता र संस्थापकको लागि एक हजार कित्ताको लागि आवेदन दिनुपर्ने प्रवधान राखिएको थियो ।

लघुवित्तले भदौ १८ गतेदेखि २५ गतेसम्म २ लाख ६ हजार २२७ कित्ता संस्थापक र ८५ हजार २६३ कित्ता सर्वसाधारण गरि कूल २ लाख ९१ हजार ४९० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद जारी गर्दा अवितरित सेयर लिलामीमा ल्याएको थियो । सो समयमा रितिपूर्वक आवेदन दिने २५ हजार ८८७ जनालाई १८ लाख ६८ हजार २१० कित्ता सेयर भदौ ९ गते बाँडफाँड गरेको थियो ।

लिलामी सेयर बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ । गत आर्थिक बर्षमा लघुवित्तले ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १० रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।