नेरुडे लघुवित्तले प्रस्ताव गर्यो लाभांश

Sep 16, 2018 Merolagani

नेरुडे लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट २०.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १५ प्रतिशत बोनस शेयर तथा ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

भदौ ३० गते बसेको संचालक समितिको २१८ औं बैठकले गत आर्थिक वर्षको सञ्चित नाफा र शेयर प्रिमियम रकमबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकका साथै लघुवित्तको साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेरुडेको मूल्य आम्दानी अनुपात ३९.०४ गुणा, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले १३ प्रतिशत बोनस शेयर तथा ७.६८ प्रतिशत नगद गरी २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।