शाखा नपुगेका स्थानीय तहमा अभौतिक बैंकिङ्ग सेवा संचालन गरिने

Sep 18, 2018 Merolagani

सरकारले तोकिएको समयमा सबै स्थानीय तहमा बैंक पुर्याउन नसकेपछि अभौतिक रुपमा भएपनि सेवा विस्तार गर्ने तयारी गरेको छ । गत असार मसान्तसम्म बैंक पुगिसक्नुपर्ने अझै ९७ स्थानीय तह बैंक विहिन रहेपछि सरकारले ती स्थानीय तहमा बैंकिङ्ग सेवा पुर्याउन अभौतिक बैंकिङ्ग सेवाको योजना अघि सारेको हो ।

मंगलबार अर्थमन्त्रलयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बाँकी स्थानीय तहमा पनि अभौतिक रुपमा भएपनि बैंकिङ्ग सेवा विस्तार गर्ने बताएका हुन् । उनले शाखा नपुगेका स्थानीय तहमा मोबाइल बैकिङ लगायतका सेवाहरु विस्तार गरिने उल्लेख गरे ।

हाल सम्म ६५६ स्थानीय तहमा मात्रै बैंकिङ्ग पहुँच पुगेकोले बाँकि ९७ स्थानीय तहमा एक देखि डेढ महिना भित्र सेवा विस्तार गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

भौगोलिक विकटता, मौसमी खराबी र कतिपय स्थानीय तहहरुमा अत्यावश्यक भौतिक पूर्वाधार समेत नभएका कारण वाणिज्य बैंकहरुले तोकिएको समयमा शाखा खोल्न नसकेकोे बताउदै आएका छन । अब यस्तो अवस्थामा अभौतिक रुपमा भएपनि बैंकिङ्ग सेवा सबै स्थानीय तहमा पुर्याउने अर्थमन्त्री खतिवडाको भनाई छ । मौसमी प्रतिकुलताको आधारमा अस्थायी रुपमा भएपनि सेवा पुर्याउने तयारी रहेको उनले जानकारी गराए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/७५ सम्ममा ६३१ स्थानीय तहमा मात्रै वाणिज्य बैंक विस्तार भएर १२२ स्थानीय तह बैंक विहिन रहेका थिए । जस मध्ये चालु आर्थिक वर्षको दुई महिना सम्ममा २५ स्थानीय तहमा बैंकिङ्ग पहुँच विस्तार भएको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ भित्र सबै ७५३ नै स्थानीय तहमा शाखा विस्तार गर्न वाणिज्य बैंकहरुलाई स्थान तोकेरै निर्देशन दिएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।