फाइनान्सको हकप्रदमा साउन २० गते आइतबारसम्म कायम रहने सेयरधनीले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । बिहीबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।
हकप्रदमा आश्वा प्रणालीमा आवद्द सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन गर्न सकिने व्यवस्था छ । त्यसैगरि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल, सिटी एक्सप्रेस फाइनान्सबाट समेत हकप्रदमा आवेदन गर्न सकिनेछ ।
हाल १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६७ प्रतिशत हकप्रद पश्चात ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा यस कम्पनीले २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।