मिर्मिरेको बोनस सहितको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन

Sep 20, 2018 Merolagani

मिर्मिरे लघुवित्त (MMFDB) ले लिलामीमा राखेको अवितरित हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लघुवित्तले भदौ २६ गते देखि ९ हजार ७५३ कित्ता सर्वसाधारण शेयरको लिलामी खुल्ला गरेको छ ।

लघुवित्तको लिलामी शेयरमा न्युनतम प्रतिशेयर १०० रुपैयाँ देखी न्युनतम १०० कित्ताको लागि बोलपत्र आबेदन गर्न सकिने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीको लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलको प्रधान कार्यालय सहित शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयहरुवाट आबेदन गर्न सकिने छ । यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बनेपा, काभ्रेपलान्चोक शाखावाट पनि बोलपत्र आबेदन गर्न सकिन्छ ।

कम्पनीले गत असार २७ गते देखि साउन २९ गते सम्म ४ लाख ५० हजार कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गरेको थियो ।

मिर्मिरेको मंगलबार प्रति सेयर १५३० रुपैयाँको हारारहाीमा कारोबार भईरहेको थियो ।

गतबर्षको कमाईबाट कम्पनीले २४ प्रतिशत बोनस सेयर र कर तिर्न १.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । हकप्रद र लिलामी बिक्री पश्चात मिर्मिरेको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ पुग्नेछ । बोनस सेयर हकप्रद र लिलामी भर्नेले पनि पाउनेछन ।

गत असार मसान्तसम्ममा मिर्मिरेले ३ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।