Tue, Mar 26, 2024
युनाईटेड फाइनान्स कम्पनी (UFL) को लाभांशमा ८ अार्थिक बर्षयताकै संकुचन अाएको छ । फाइनान्स कम्पनीले यसअघिका बर्षहरुमा सेयरधनीलाई अाकर्षक लाभांश वितरण गर्दै आइरहेको भएपनि गत बर्षको नाफाबाट भने पाँच प्रतिशत नगद लाभांश मात्र बाँड्ने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको असोज ३ गते बसेको २२४ औं बैठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेको फाइनान्सले प्रस्ताव गरेको लाभांश विगत ८ बर्षयताकै कम हो । वि.सं २०५१ सालमा स्थापना भएको फाइनान्सले अघिल्लो आर्थिक १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । फाइनान्सले अार्थिक बर्ष २०६६/६७ मा समेत १३.१६ प्रतिशत नगद लाभांश बाँडेकाे थियाे । गत आर्थिक वर्षकाे नाफाबाट प्रस्ताव गरेकाे फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात फाइनान्सको आगामी २४ औं बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ । ८० करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको फाइनान्सको नाफा भने अघिल्लो बर्षको तुलनामा पाँच करोड २८ लाख घटेर ६ करोड ४१ लाखमा खुम्चिएको थियो । गत आर्थिक बर्षमा उसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा मात्र रहेको छ।
कम्पनी सञ्चालक समितिको असोज ३ गते बसेको २२४ औं बैठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेको फाइनान्सले प्रस्ताव गरेको लाभांश विगत ८ बर्षयताकै कम हो । वि.सं २०५१ सालमा स्थापना भएको फाइनान्सले अघिल्लो आर्थिक १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । फाइनान्सले अार्थिक बर्ष २०६६/६७ मा समेत १३.१६ प्रतिशत नगद लाभांश बाँडेकाे थियाे ।
गत आर्थिक वर्षकाे नाफाबाट प्रस्ताव गरेकाे फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात फाइनान्सको आगामी २४ औं बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ ।
८० करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको फाइनान्सको नाफा भने अघिल्लो बर्षको तुलनामा पाँच करोड २८ लाख घटेर ६ करोड ४१ लाखमा खुम्चिएको थियो । गत आर्थिक बर्षमा उसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा मात्र रहेको छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।