शेयर बजारमा सामान्य करेक्शन,५५ करोड बढीको शेयर किनबेच

Sep 20, 2018 Merolagani

गएको सातादेखि बढ्न थालेको शेयरबजारमा यो साताको अन्तिम दिन सामान्य करेक्सन देखिएको छ । केही बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारले करेक्सनको बाटो समाएको भएपनि कारोबार रकमले साथ दिएकाले बजार सकारात्मक नै देखिएको छ ।

बिहीबारको बजारमा नेप्से सूचक ३.७४ अंकले घटेर १२५५.०७ अंकमा झरेको छ । १६७ कम्पनीको शेयर किनबेच भएको बजारमा ५५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यसदिन एघार समूहको कारोबार भएकोमा तीन समूहका बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् ।

होटल, विकास बैंक र अन्य सूचक हरियो रहदा बैंकिङ, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्सको सूचक घटेका छन्। निर्जीवन बिमा समूह सबैभन्दा धेरै १०७.४८ अंकले घटेको छ भने होटेल समूह सबैभन्दा धेरै २०.५७ अंकले उक्लिएको छ ।

यस दिन ७ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको सानिमा माई हाइड्रोपावर सबैभन्दा अघि छ । छ । एनआइसी एसिया, एनएमबि, प्रभु बैंक लगायतको धेरै कारोबार भएको छ ।

यस्तै, एनआइसी एशिया बैंकको ४ करोड ४० लाख, एनएमबीको ३ करोड ८२ लाख, प्रभू बैंकको १ करोड ८६ लाख, नेपाल बैंकको १ करोड ६२ लाख, देवः विकास बैंकको १ करोड ४१ लाख, स्वरोजगार लघुवित्तको १ करोड १४ लाख बढीको कारोबार भयो ।

ग्लोबल आइएमई समुन्नत स्किमका ईकाइधनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने सिनर्जी पावरका शेयरधनीले सबैभन्दा धेरै ५.८८ प्रतिशतले गुमाएका छन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।