प्राधिकरण सुधारमा कुलमानको अर्को कदम ट्रेड युनियनका नेतामाथि अंकुश

Sep 21, 2018 Merolagani

दैनिक दुईपटक हाजिर अनिवार्य

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका नेतामाथि अंकुश लागेको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरेको छ ।

प्राधिकरणको २५ भदौमा बसेको स्टाफ मिटिङले मिटर रिडिङमा संलग्न कर्मचारी बाहेकले कार्यालय खुलेको दिन कार्यालय समयअनुसार अनिवार्यरुपमा आएको र गएको समय जनिने गरी विद्युतीय हाजिर गर्नु पर्ने व्यवस्था लागू गरेको हो । यो व्यवस्था ७ असोज आइतबारबाट लागू हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा प्राधिकरणले व्यवस्था गरे बमोजिम कर्मचारीले नियमित रुपले आफ्नो कार्यालयमा आएको र गएको समय जनाई हाजिर गर्नु पर्ने व्यवस्था छ ।

यस्तो व्यवस्था कार्यान्वयन नभएको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा बसेको स्टाफ मिटिङले विनियमावलीलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको हो । लोडसेडिङ अन्त्यपछि घिसिङले संस्थाभित्रको विकृती सुधारतर्फ कदम चालेका हुन् ।

प्राधिकरणको यो निर्णयबाट सबैभन्दा बढी ट्रेड युनियनका नेता प्रभावित हुने भएका छन् । प्राधिकरणमा नेपाली कांग्रेसको कर्मचारी संघ आधिकारिक ट्रेड युनियन छ । तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रका क्रमश ः कर्मचारी युनियन तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) र राप्रपाको कर्मचारी कल्याण परिषद् क्रियाशील छन् । ती ट्रेड युनियनका नेताहरुमाथि संस्था सुधारतर्फभन्दा पनि कर्मचारी सरुवामा व्यवस्थापनलाई दवाव दिनमै केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ ।

कार्यालय आएको र गएको समय जनिने गरी हाजिर गर्नु पर्ने व्यवस्था लागू भएपछि कार्यकारी निर्देशक घिसिङले पनि दिनमा दुई पल्ट हाजिर गर्नु पर्ने भएको छ । यसैगरी, उपकार्यकारी निर्देशकले पनि दुई पल्ट नै हाजिर गर्नु पर्ने भएको छ । यस अघि उनीहरुले दिनमा एक पल्ट मात्रै हाजिर गरे हुने व्यवस्था थियो । मिटर रिडिङमा खटिने कर्मचारीले भने सम्बन्धित कार्यालय प्रमुखलेनै आवश्यक व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।