नेशनल माइक्रोफाइनान्सले बढायो लाभांश

Sep 21, 2018 Merolagani

नेशनल माइक्रोफाइनान्स (NMFBS)ले अघिल्लो आर्थिक वर्षको तुलनामा यस पटक लगानीकर्तालाई धेरै लाभांश दिने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ प्रतिशत लाभांस वितरण गरेको माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफावाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको असोज चार गते बसेको सञ्चालक समितिको ७५ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित लाभांश बितरण पश्चात चुक्ता पूँजी १५ करोड ३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा १९ प्रतिशतले खुद नाफा बढाएर प्रति शेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा कायम गरेको माइक्रोफाइनान्सको प्रति शेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ०८ पैसा रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।