राष्ट्र बैंकको सुविधा सम्पन्न भवन निर्माण शुरु, एक अर्ब ८७ करोड लागतमा ६ तले भवन

Sep 21, 2018 RSS

 नेपाल राष्ट्र बैंकको थापाथली परिसरमा सुविधा सम्पन्न नयाँ भवन निर्माण शुरु गरिएको छ। भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो। थापाथलीमा ४२ रोपनी तीन आना दुई पैसा जग्गा छ।

जग्गामा एक अर्ब ८७ करोड रुपैयाँ लागतको ६ तले भवन बन्नेछ। 

भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ। भवनको आज एक कार्यक्रमबीच शिलान्यास गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुरानै संरचनामा अत्याधुनिक भवन बन्ने बताए।

विभिन्न बाधा अवरोधकाबीच भवन निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्दै उनले सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे।

'सबै मापदण्ड पूरा गरी भवनको शिलान्यास गरिएको छ, जतिसक्दो चाँडो निर्माण सम्पन्न हुनुपर्छ,' उनले भने। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सह-सचिव राजुमान मानन्धरले चार वर्ष अघिनै नयाँ भवन बनाउने प्रयास भए पनि पुरातत्व विभागको उल्झनले भवन निर्माणमा ढिलाइ भएको बताए।

भवनको बाहिरीस्वरुप पुरानै शैलीमा रहे पनि भित्री तथा पछाडिको भाग अत्याधुनिक सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक हुनेछ।

 

 

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको भवन पुरातत्व विभागको स्वीकृतिमा पुरानै शैलीमा निर्माण गरिने बताए। बैंकको गुरुयोजनाअनुसार मुख्य तीन ब्लक क्रमशः मुख्य बैंकिङ कार्यालय भवन, चमेनागृह, हेल्थ क्लब र सेक्युरिटी ब्लक निर्माण हुनेछ।

राणाकालीन सिंह महलमा राष्ट्र बैंकले कार्यालय सञ्चालन गर्दै आएको थियो। भूकम्पले क्षति पुर्याएपछि पुरानै स्थानमा नयाँ भवन बनाउन लागिएको हो। भवन निर्माणका लागि २०७५ वैशाख १४ मा बोलपत्र आह्वान गरिएको थियो। बिलिल कन्टेक जेभीले निर्माणको जिम्मा पाएको छ।

पुरातत्व विभागको अनुमतिमा बैंकको हाल भइरहेको पुरानो स्वरुपमा कुनै परिवर्तन नहुने गरी नयाँ भवन निर्माण गर्न लागिएको छ। पुरानो भवनको नोट व्यवस्थापनका लागि झण्डै एक महिना लाग्नेछ। ती नोटलाई केन्द्रीय कार्यालयमा लगिनेछ।

दसैँसम्म नोट वितरण र व्यवस्थापनका लागि थापाथली तथा दसैँपछि सबै विभाग केन्द्रीय कार्यालयमा लगिने डेपुटी गर्भनर शिवाकोटीले बताए। भूकम्पले क्षति पुर्याएको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयको नयाँ भवन पनि चाँडै निर्माण शुरु गरिने बताइएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।