गत साता १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा खरिद बिक्री भएका थिए ।
आइतबार १२४४.८४ बिन्दुमा खुला भएको साताको बजार परिसूचक नेप्से साताकाे अन्तिम दिन बिहीबारसम्ममा १०.२३ अंकले बढेर १२५५.६६ अंकमा पुगेको छ ।
यस साता एनएमबि बैंक कारोबार रकम र कारोबार कित्ता दुबैमा शिर्ष स्थानमा रहेको छ । बैंकको पाँच लाख ५३ हजार कित्ता सेयर १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् ।
एनएमबि पश्चात एनआईसी एशिया बैंकको साता कारोबार रकमको आधारमा दोस्रो ठूलो कारोबार भएको छ । बैंकको १२ करोड १२ लाख ९० हजार रुपैयाँको कारोबार भयो ।
सानीमा माई हाइड्रोपावरको १० करोड दुई लाख ४० हजार, नेपाल बैंकको ९ करोड ५० लाख ६० हजार र प्रभु बैंकको ९ करोड ३६ लाख १० हजारको कारोबार भएको छ ।
यस साता देवः विकास बैंकको २४ लाख ७० हजार ९२३.४१ कित्ता बोनस शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको छ ।