एनसीसी बैंकले हकप्रद शेयर बिक्री गर्न थप्यो १५ दिनको म्याद

Sep 23, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (NCCB) ले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न १५ दिन समय थप गरेको छ । बैंकले असोज २२ गते सम्मको लागि समय थप गरेको हो । बैंकले दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद भदौ ४ गतेदेखि बिक्री खुल्ला गरेको छ ।

) बैंकले हकप्रद प्रयोजनका लागि गत साउन १५ गते मंगलबार शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन ।
बैंकको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले रहेकोे छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

बैंकले हकप्रद शेयरको बिक्रीबाट २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ चुक्ता पुँजी जुटाउनेछ । चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रदपछि ७ अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर वा अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

गत आर्थिक वर्षमा यस बैंकले १ अर्ब ७ करोड वितरण योग्य नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।